समानुपातिक सांसद पाउन एक निर्माण व्यवसायीले प्रचण्डलार्इ घर नै दिएको आरोप

काठमाडाैं, १ पुस । नेपालमा संसदीय फाेहाेरी राजनीतिका बारेमा चर्चा परिचर्चा धेरै हुने गरेका छन् । कराेडाै रुपैयाँकाे सुटकेश नेताकाे घरमा पुर्याएर सभासद/सांसद हुनेहरुका चर्चा पटक पटक चल्ने गर्दछन् । साथै सरकार ढाल्न र बनाउन पनि सांसदहरुकाे किनबेच हुने गरेकाे उदाहरण नेपालकाे इतिहासमा धेरै छन् । यसपटक फेरि त्यस्तै खेल हुन लागेकाे चर्चा छ । […]

आठ ग्रह भएको अर्काे सौर्य परिवार पत्ता लाग्यो

नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता लागेको हो। यससँगै केपलर–९० ले पनि ग्रहसंख्याको मामिलामा सौर्यपरिवारसँग बराबरी गरेको छ। केपलर–९० तारा हाम्रो सूर्यभन्दा अलिकति ठूलो र अलि बढी तातो रहेको वैज्ञानिकहरुले बताएका छन्। यो पृथ्वीबाट २५४५ प्रकाश वर्ष टाढा […]

अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति

काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]

यसरी जिताइएको रहेछ गच्छेदारलाई, भगवती चौधरी भन्छिन, अन्तराष्ट्रिय अदालत जान्छु

काठमाडौं, पुस १ । नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छेदारसँग पराजित उम्मेदवार भगवती चौधरीले निर्वाचन परिणाम अस्वीकार गरेकी छन् सुनसरी क्षेत्र नम्बर ३ बाट उम्मेदवार चौधरीले षडयन्त्रपूर्वक गच्छेदारलाई जिताउने र आफूलाई हराउने काम भएको भन्दै परिणाम स्वीकार नगर्ने बताईन् । मत परिणाम सार्वजनिक भए लगत्तै उनले इटहरीमा पत्रकार सम्मेलन गरेर गच्छेदारले […]

चुनाव हारेपछि पहिलो पटक एकै ठाउँमा कांग्रेस नेताहरु

काठमाडौं, पुस १ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको […]

झाँक्रीले बोक्सी भनेपछि ढेगनीदेवीको यसरी गरिएको थियो बिभत्स हत्या

चितवन, पुस १ । सर्वोच्च अदालतले चितवनको बघौडामा बोक्सीको आरोपमा मारिएकी ढेगनीदेवी महतोको हत्या झाँक्रीकै कारण भएको ठहर गरेको छ । यसै हप्ता पूर्ण फैसला गर्दै सर्वोच्चले यस्तो फैसाला गरेको हो । फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेको बताइएको छ । बोक्सी प्रथामात्रै होइन, त्यसको कारकका रूपमा रहेको […]

समानुपातिकमा नेपाली काँग्रेस बन्याे पहिलो पार्टी

विराटनगर, २९ मंसिर । प्रतिनिधिसभाको समानुपातिकको मतगणनामा मोरङमा नेपाली काँग्रेसले पहिलो स्थान प्राप्त गरेको छ । सो पार्टीले मोरङको छवटै निर्वाचन क्षेत्रबाट एक लाख ६० हजार ५४६ मत प्राप्त गरी अग्रस्थान कायम गरेको हो । त्यसपछि नेकपा(एमाले)ले एक लाख ४४ हजार ८२४ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा(माओवादी केन्द्र)ले ४४ हजार ९५१ […]

नयाँ ढंगको पार्टी निर्माणको प्रश्न

प्रारम्भ यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजनालाई पुनर्संगठित गर्दै अगाडी बढाउने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरुलाई  भयानक निराशाको हुन्डरीबाट जोगाउदै तिनलाई सही नेतृत्व प्रदान गर्ने ऐतिहासिक अभिभारा पनि […]

मधेशीले जिताएका पहाडी र पहाडीले जिताएका मधेशी अनुहार

काठमाडौँ, २९ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तराई मधेशमा तुलनात्मक रुपमा मधेश केन्द्रित दल बलियो देखिए पनि ती क्षेत्रमा विजयी उम्मेदवार मधेशी र पहाडी दुवै मूलका पाइन्छन् । मत परिणाम हेर्दा भित्री मधेशमा समेत कतिपय पहाडी मूलका उम्मदेवारले राम्रै स्थान पाएका छन् भने पहाडी मतदाता बढी मानिने कतिपय क्षेत्रमा मधेशी मूलका उम्मेदवार विजयी भएका छन् […]

बामगठबन्धनले ल्यायो दुईतिहाई, एमाले एक्लैको स्पष्ट बहुमत

काठमाडौं, २९ मंसिर । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई दुई तिहाई पुगेको छ । यो प्रदेश नम्बर ३ को कुरा हो । याे प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी एमाले एक्लैलाई बहुमत पुगेको छ भने गठबन्धनलाई दुई तिहाई पुगेको छ । प्रत्यक्षतर्फ ६६ रसमानुपातिकबाट ४४ गरी कूल ११० सदस्यीय प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फ एमालेले ४२ […]