प्यूठान, १ फागुन । मुलुकमा क्रान्तिकारी कम्यूनिष्ट पार्टीहरुबीचको ध्रुविकरणको बहस चलिरहेका बेला मोहन वैध्य ‘किरण’को गृहजिल्ला प्यूठानमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माअोवादी)ले संयूक्त रुपमा जनयुद्घ दिवस मनाएका छन् । कार्यगत एकता र संयूक्त संघर्षका कार्यक्रमबारे यसअघि विभिन्न चरणमा छलफल गरेका दुई पार्टीले २३ अौं जनयूद्घ दिवसको अवसरमा बाग्दुलादेखि विजुवारसम्म र्यालि गरी विजुवार मित्रमणि […]
समाचार
पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]
जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनार्इदै, राष्ट्रियसभागृहमा विप्लव र किरण, प्रचण्ड पेरिसडाँडाको कोठामा
काठमाडौं, १ फागुन । आज फागुन एक गते । अाजकैै दिन तत्कालिन नेकपा (माओवादी)ले नेपालमा २०५२ सालमा सशस्त्र विद्रोहकाे सुरुवात गरेकाे थियाे । अाज जनयुद्ध सुरु भएकाे २२ वर्ष पूरा भएर २३ वर्षमा प्रवेश गरेकाे छ । जनयुद्ध अाज भिन्न रुपमा जारी छ । जनयुद्धका पहलकर्ता र अनुयायीहरु फरक फरक ढङ्गले लागिरहेका भए पनि जनयुद्ध […]
जनयुद्ध दिवसका दिन नेकपाद्वारा देशभर एनसेलमाथि आक्रमण, एकैरात दर्जनौं टावर ध्वस्त
काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे । एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]
नयाँ गाउँपालिकाले गर्न थाले यतिसम्म भ्रष्टाचार : मोटरबाटो नै नभएको जिल्लामा मोटर खरिद गर्ने बोलपत्र आह्वान
हुम्ला, २९ माघ । नेताहरुले सिंहदरवार गाउँगाउँमा पुगेकाे चर्चा गरिरहँदा गाउँगाउँमा भने त्यसकाे भद्दा मजाक हुन थालेकाे छ । नयाँ गाउँपालिकाले गरिरहेकाे कामले सिंहदरवार गाउँमा पुगेकाे नभर्इ भ्रष्टाचार र लुटपाट गाउँमा पुगेकाे प्रष्ट हुन्छ । पछिल्लाे समय गरिएकाे एक अध्ययनले ४० प्रतिशतभन्दा बढी गाउँपालिका र नगरपालिकाका मेयरले डाेजर खरिद गरेका छन् । साथै उनीहरुले गाउँमा […]
बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का
काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]
वलिउड नायक अभिषेकको फेसबुक र इन्स्ट्राग्राम टर्किस साइबर आर्मीले गर्यो ह्याक
काठमाडौं, २९ माघ । अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो । ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो । […]
अक्षकुमारसँग मस्त नागिन नायिका
काठमाडौं, २९ माघ । टेलिभिजनकी चर्चित अभिनेत्री मौनी राय अक्षयकुमारका साथ गोल्ड फिल्मबाट बलिउडमा पाइला राख्दै छिन् । उनी आफ्नो डेब्यु फिल्मप्रति निकै उत्साही छिन् । पत्रकारले उनलाई गोल्डमा उनको भूमिकाबारे सोध्ने गरेका छन् । तर, उनले फिल्मको डबिङ सुरु नभइसकेकाले आफूले कस्तो अभिनय गरेँ भन्ने समेत भेउ नपाएको बताउने गरेकी छिन् । ‘अहिलेसम्म फिल्मको […]
सरकारले गर्यो प्राविधिक विद्यालय थप नगर्ने निर्णय
काठमाडाैं, २९ माघ । शिक्षा मन्त्रालयले प्राविधिक विद्यालय थप नगर्ने भएको छ । कक्षा १२ सम्मको विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको र कार्यक्रम तथा बजेट नभएका कारण मन्त्रालयले नयाँ प्राविधिक विद्यालय थप नगर्ने भएको हो । शिक्षा विभागका निर्देशक केशव दाहालले प्राविधिक कक्षा थप गर्न माग धेरै आए पनि नयाँलाई स्वीकृति दिन नसक्ने […]
जापानी राजकुमारीको विवाह दुर्इ वर्ष सारिएपछि जापानमा ठूलो चर्चा
टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट […]











