आइसिसी महिला टी–२० विश्वकपमा मलेसियालार्इ पराजित गर्दै नेपालकाे पहिलाे जित

काठमाडाैं, ८ मंसिर । नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्सका लागि भएकाे छनाैट खेलमा नेपालले पहिलाे जित हासिल गरेकाे छ । नेपालले मलेसियालार्इ पराजित गर्दै महिला टी–ट्वान्टी विश्वकपमा चाैथाे स्थानमा उभिन सफल भएकाे छ । आइसिसी महिला टी–टन्टी विश्वकपको एसियाली छनोटमा नेपालले पहिलो जित हात पारेको छ। मलेसियालाई नेपालले ३३ रनले पराजित गरेकाे हाे । […]

रसुवामा नयाँ शक्ति र एमालेबीच झडप १३ राउन्ड गोली चल्यो

रसुवा, ८ मंसिर । रसुवामा नेकपा एमाले र नयाँ शक्तिका कार्यकर्ताबीच झडप भएकाे छ । एमालेका कार्यकर्ताले अाचारसंहिता विपरित गाडी चढेकाे भन्दै एमाले कार्यकर्ताले अवराेध पुर्याएपछि दुर्इ दलका कार्यकर्ताहरुबीच झडप भएकाे हाे । राती १२ बजे भएकाे उक्त झडपलार्इ नियन्त्रण लिन प्रहरीले १३ राउण्ड गाेली समेत चलाएकाे छ । रसुवामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेससँग […]

काँग्रेसको एजेन्ट बस्न गएका कार्यकर्तालाई रुखमा बाँधेर रातभरी कुटपिट

डोल्पा, ७ मंसिर । चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । डोल्पामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच कुटाकुट भएको छ । उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा २ समूहबीच कुटाकुट भएको हो । होटेलमासँगै खाना खाने क्रममा सुरु भएको झडपले कुटाकुटको स्थिति निम्त्याएपछि ठूलीभेरी नगरपालिका-८ का जीवन भण्डारी घाइते भएको […]

क्यूबा र उत्तर काेरिया मिलेर अमेरिकासँग लड्ने

काठमाडौं, ७ मंसिर । उत्तर कोरिया र क्युबाले अापसमा सहकार्य गरेर अगाडि बढ्‍ने बताएका छन् । अमेरिका विरोधी दुबै देशहरु पछिल्ला विकसित परिस्थितिजन्य विषयसँग मिलेर अमेरिकाकाे मुकाबिला गर्ने भएका हुन् । क्युबाको राजधानी हवानामा दुई देशबीच सो सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । क्यूबा भ्रमणमा रहेको उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली […]

कालिकोटमा प्रहरी र स्थानीय महिलाबीच झडप, गिरफ्तार तीन युवालाई महिलाले प्रहरीको कब्जाबाट खोसे

कालिकोट, ७ मंसिर । कालिकोटको मालकोटमा प्रहरी र स्थानीयवासीबीच आज साँझ झडप भएको छ । प्रहरीले गाउँ घेरा हालेर तीन जना युवाहरुलाई गिरफ्तार गरेर लिएपछि स्थानीय महिला बृद्धबृद्धाहरु प्रहरी चौकीमै पुगेपछि झडप भएको हो । मालकोटको सल्लारुख गाउँ घेरा हालेर प्रहरीले केहीबेर अगाडि तीन जना युवलाई गिरफ्तार गरेको थियो । गिफ्तार पर्नेमा बुद्धि विक, धनराज […]

प्रधानमन्त्री देउवालाई आयोगकाे २४ घण्टे अल्टिमेटम

काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताको धज्जी उडाउदै आफु अनुकूल तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवा मिलाएपछि निर्वाचन आयोगले असहमति जनाएको छ । निर्वाचन आयोगले तीन प्रमुख जिल्ला अधिकारीसहित ६ कर्मचारीको काज सरुवामा सहमति नदिने निर्णय गरेको छ । प्रधानमन्त्री देउवाको निर्देशनमा गृह मन्त्रालयले रा.प. द्वितीय श्रेणीका छ जना कर्मचारीको […]

भोलि मंसिर ८ गतेको बन्दबारे नेकपाको आधिकारिक भनार्इ यस्तो आयो

काठमाडौँ । भोलि (शुक्रबार) को नेपाल बन्द अाफ्नो पार्टीले नगरेको नेपाल कम्युनिस्ट पार्टीले स्पष्ट पारेको छ । नेकपाका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले अाफ्नो पार्टीले शुक्रबार नेपाल बन्दको अायोजना गरेको भन्दै संचारमाध्यम र मानव अधिकारवादी संस्थाहरुको चिन्ताप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेता पुनले पार्टी चुनाव खारेज अभियानमै रहेको तर मंसिर ८ गते शुक्रबारको नेपाल बन्द […]

प्रधानमन्त्री देउवामाथि हेलिकप्टरबाट झर्ने बित्तिकै बम प्रहार

प्रधानमन्त्री शेरबहादुर देउवा नै बम विष्फाेटमा परेका छन् । देशभर बम विष्फाेटका घटना बढेपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका देउवा अाफै विष्फाेटमा परेका हुन । कालिकाेटकाे काेटवाडामा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रममा प्रमुख अथितिका रूपमा गएका प्रम देउवालाई लक्षित गरि वम विष्फाेट गरिएकाे हाे । देउवा हेलिकप्टरबाट अाज विहानै कालिकाेट गएका थिए । […]

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने

काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल […]

‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना

ललितपुर, ६ मंसिर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय […]