प्रधानमन्त्री शेरबहादुर देउवा नै बम विष्फाेटमा परेका छन् । देशभर बम विष्फाेटका घटना बढेपछि त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका देउवा अाफै विष्फाेटमा परेका हुन । कालिकाेटकाे काेटवाडामा नेपाली कांग्रेसले अायाेजना गरेकाे कार्यक्रममा प्रमुख अथितिका रूपमा गएका प्रम देउवालाई लक्षित गरि वम विष्फाेट गरिएकाे हाे । देउवा हेलिकप्टरबाट अाज विहानै कालिकाेट गएका थिए । […]
समाचार
नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने
काठमाडौ, ६ मंसिर । नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसीर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । नेपालका लागि पर्येताकीय गन्तव्यको रुपमा चिनिने चितवनको मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेभएको छ । चितवन राष्ट्रिय निकुञ्ज नजिकै रहेको मेघौली धावनमार्गमा राट्रिय ध्वजाबाहक नेपाल […]
‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना
ललितपुर, ६ मंसिर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय […]
गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसँग माग
काठमाडौ, ६ मंसीर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केही दिन यता पत्ररकालाई उ परेकाे भन्दै गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न माग गरेकाे छ । पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिगेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे । प्रहरीले देशका विभिन्न ठाउँबाट ८ जना पत्रकारलाई […]
नेपाल विरुद्ध खतरानाक षड्यन्त्रमा दलार्इ लामा, बुद्ध भारतमा जन्मिएकाे भन्दै थाले प्रचार
काठमाडाैं । दलार्इ लामा चीनबाट भागेर भारतमा बस्दै अाएका धर्म गुरु हुन् । उनले चीनका विरुद्ध भारतीय भूमीमा बसेर अनेकाै षड्यन्त्र गरिरहेकाे अाराेप लाग्ने गरेकाे छ । भारतीय खुफिया एजेन्सी रअ र अमेरिकन जासुसी संस्था सिअाइएका लागि उनले काम गर्ने गरेकाे र उनीहरुकै संरक्षण तथा पालनपाेषणमा उनी बसिरहेकाे बताइन्छ । यसका बारेमा फ्री तिब्बतका लागि […]
सरकारले समातेका अधिकांश सर्वसाधारण नागरिक
काठमाडाैं, ६ मंसिर । निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ । तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे शुभचिन्तक मात्र भएकाे थाहा भएकाे छ । पक्राउ परेका मध्ये […]
निर्वाचन आयोगको धज्जी उडाउँदै एकै दिन एकै जिल्लामा तीन सिडियोको हेरफेर
काठमाडाैं, ६ मंसिर । प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ । अरु सामान्य प्रचलन र अन्य कानुन ताेडेर मनाेमानीपूर्ण तरिकाले काम गरिरहेकाे देउवा सरकारले निर्वाचन […]
शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)
काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन […]
मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, प्रकाशको मृत्यु हर्ट अट्याकले भयो भन्नु अपरिपक्वता
काठमाडौं, ५ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. रेग्मीले पोष्टमार्टम नगरेर प्रकाशको मृत्यु हर्ट अट्याकबाट भए भन्न नमिल्ने बताए । प्रकाशको शवको पोस्टमार्टम नगरेका कारण उनको मृत्युको कारण पत्ता लाग्न बाटो सदाको लागि अन्त्य भएको समेत डा. रेग्मीको भनाइ छ […]
नक्कली शैक्षिक प्रमाण पत्र बनाउने गिरोह प्रहरी फन्दामा
काठमाडाैं, ५ मङ्सिर । काठमाडौँ महानगरीय प्रहरी अपराध महाशाखाले रकम लिइ नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बेच्ने गिराेहलार्इ पक्राउ गरेकाे छ । साे गिराेहले एसएलसी, प्लस २ तथा अन्य शैक्षिक प्रमाण पत्र बनाइदिने गिरोहलार्इ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेकाे छ । विभिन्न समूहले अमेरिका इडिभी चिट्ठा परेकाहरुलाई मोटो रकम लिएर सरकारी दस्तखत किर्ते गरी १० प्लस २ को […]











