काठमाडौं ।
नेपाली सेनाले विभिन्न बैंक तथा वित्तीय संस्थामा राखेको २९ करोड रुपैयाँभन्दा बढी निक्षेप असुल्न गरेको छैन ।
कर्जा अपचलन अभियोगमा सञ्चालक तथा कर्मचारी पक्राउ परेसँगै राष्ट्र बैंकको हस्तक्षेपपछि खारेजी प्रक्रियामा रहेका तथा खारेज भएका बैंक वित्तीयसंस्थाबाट सेनाले करिब २९ करोड रुपैयाँ निक्षेप उठाउन नसकेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
सैनिक कल्याणकारी कोषले ३० वाणिज्य बैंक (तत्कालीन अवस्थामा तर, हाल मर्ज भएर वाणिज्य बैंक २८ मात्र छन्), २ विकास बैंक र ५ फाइनान्समा २७ अर्बभन्दा बढी निक्षेप राखेको छ ।
हरेक वर्ष सेनाले पत्रकार सम्मेलन गरी जोखिमको निक्षेप फिर्ता गर्ने बताउँदै आए पनि पछिल्लो ७ बर्षमा पनि जोखिममा रहेको सैनिक कल्याणकारी कोषको धन उठाउन नसकेको हो ।