कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं, ९ मंसिर । सुर्खेत । कर्णाली विकास अायाेगका पदाधिकारीले पद तथा गाेपनियताकाे सपथ खाएका छन् । आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, सदस्य डा. दिपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार पद तथा गोपनीयतको शपथ खुवाएका हुन्। अायाेगले अब कर्णाली प्रदेश विकासकाे विस्तृत खाका तयार गर्ने गरी काम अगाडि बढाउने बताइएकाे छ […]

विक्रमासिङ्घेलार्इ कुनै हालतमा पनि सिरसेनाले फेरि राष्ट्रपतिमा नियुक्त नगर्ने

काठमाडाैं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रणिल विक्रमासिंघेलाई प्रधानमन्त्रीमा पुनः नियुक्त नगर्ने बताएका छन्। श्रीलंकामा एक महिनाभन्दा लामो समयदेखि राजनीतिक संकट चलिरहेको छ। श्रीलंकाली संसद्मा विक्रमासिंघेको पार्टीको बहुमत छ। राष्ट्रपति सिरिसेनाले उनलाई बर्खास्त गरेर महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाएका थिए। संसद्मा बहुमत नपुगेपछि राजपाक्षेको सरकार भंग गरिएको थियो। हाल श्रीलंकामा सरकारविहीन अवस्था छ। विदेशी सञ्चारकर्मीसँगको कुराकानीमा […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतवारबाट पूरै व्यवस्थित

काठमाडौं । अस्तव्यस्त रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङ आइतबारबाट व्यवस्थित बनाइएको छ। विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीलाई आइतबारदेखि नवनिर्मित ‘पार्किङ भवन’ मा सारेर व्यवस्थित गरिएको हो। विमानस्थल भित्र ट्याक्सी जथाभावी पार्किङ गर्दा अत्यधिक चाप बढेको र यात्रुलाई असहज भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले पार्किङलाई एकै स्थानमा व्यवस्थित बनाएको बताए। निजी […]

वायुसेवा निगमको वाइड बडीमा ६ अर्ब ५९ करोड घोटाला प्रकरण, लेखा समितिले खोल्यो रहस्य

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिद गर्दा धेरै त्रुटी भएको र ६ अर्ब ५९ करोड रुपैयाँ घोटाला भएको जिकिर गरेको छ । विमान खरिद प्रकरणबारे आइतबार पर्यटन मन्त्रालयका सचिव, नेपाल वायुसेवा निगमका उच्च अधिकारीसँग जानकारी लिदै समितिले यस्तो दाबी गरेको हो । समितिका सभापति भरत शाहले विमान किन्दा ६ अर्ब ५९ करोड रुपैयाँ […]

प्रदर्शनी मार्ग कब्जा गरेर नेकपाले गर्यो विशाल जनसभा

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले अाज काठमाडाैंमा विशाल जनप्रदर्शन गरेकाे छ । देशभरबाट ठूलाे संख्यामा अाएका जनताकाे जनसागरबीच नेकपाले काठमाडाैैकाे प्रदर्शनी मार्गस्थित राेडमा नै जनसभा सम्पन्न भएकाे हाे । बाल्मिकी क्याम्पस अगाडि सडकमै बनाइएकाे मञ्चदेखि नेपाल पर्यटन बाेर्ड पछाडिकाे सडक पूरै ढाकिएकाे जनसागरलार्इ नेकपाका नेतासहित केही अन्य पार्टीका नेताहरुले पनि सम्वाेधन गरे । […]

टोखामा चार महिना लामो भजन उत्सवको उल्लास

   चार महिनाअघिदेखि टोखामा चलिरहेको परम्परागत चतुर्मास भजन अन्त्यतिर आइपुगेको छ । टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्र रहको प्राचीन टोखा नगरभित्र नियमित रुपमा राति राति परम्परागत बाजा सहित भजन गाउने परम्परा अन्तर्गत ५ वठा दाफा समूह र एकवटा भजन समूहले भजन गाउँदै आइरहेको छ । भोलि पूर्णिमासम्म चल्ने भजनको अवलोकन गर्न गएराति पूर्व उपप्रधान तथा गृह […]

भक्तपुरमा गएराती ट्रिपरले ब्याक गरेर मोटरसाइकलसहित मान्छे किच्यो

भक्तपुर, ६ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा गए राती टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ। ना ४ ख ८१८२ नम्बरको टिपरले बा ९९प ८२८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २४ वर्षीय मनोज मगरको घट्नास्थलमै मृत्यु भएको महानगरीय प्रहरीबृत्त थिमिले जनाएको छ। तीब्रगतिमा आएको टिपरले बालकोट हुँदै घरजाँदै गरेका महोत्तरी स्थायी घरभई […]

निगमले किनेको ब्रान्ड न्यू वाइडवडी जहाज तीन महिनामै बिग्रेर ब्रेक सिस्टम फेर्ने अवस्थामा

NAC-New-Aircraft

काठमाडौं । नेपाल वायुसेवा निगमकाे विवादित वाइडवडी विमानमा उकपछि अर्काे समस्या अाउन थालेका छन् । निगमका अधिकारीले ब्रान्ड न्यू विमान किनेकाे भनेर दावी गरिरहेे पनि त्यसमाथि अाशंका निस्किरहेका बेला विमानकाे ब्रेक सिस्टम बिग्रेर फेर्नु नै पर्ने स्थितिमा पुगेकाे छ । साेही कारण अहिले निगमकाे अन्नपूर्ण नाम दिइएकाे वाइडवडी विमान १३ दिनदेखि ग्राउन्डेड छ । कलसाइन […]

सबैभन्दा धेरै नक्कली सर्टिफिकेट शिक्षकका, १६ सय उजुरी अख्तियारमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने कर्मचारीमध्ये सबैभन्दा धेरै सरकारी विद्यालयका शिक्षक छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेमा सरकारी विद्यालयका शिक्षक सबैभन्दा धेरै देखिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७४/७५ को ३ महिनामा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी १ हजार ५ सय ६ उजुरी परेका छन्। झुटो शैक्षिक […]

डोल्पा बल्ल जोडियो राष्ट्रिय सडक सञ्जालमा, जाजरकोट डोल्पा सडकको ट्रयाक खोल्ने काम सम्पन्न

डाेल्पा । हिमाली जिल्ला डोल्पा राष्ट्रिय सड्क सञ्जालमा जोडिएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको उद्घाटन गरे। जाजरकोटको पासगाडबाट त्रिपुराकोटसम्मको १ सय ३ दशमलव ४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलेसँगै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। सडक सञ्जालमा जोडिए पछि डोल्पा आर्थिक सम्वृद्धितर्फ लम्कने उपप्रधानमन्त्री पोखरलेले बताए। सुन सिरानीमा राखेर नुन खोज्ने […]