दाङमा भएको दुर्घटनाका मृत्तक सबैको सनाखत, सबैभन्दा बढी जुम्लाका विद्यार्थी

दाङ, ७ पुस । तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक, विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का […]

गुडिरहेको मिनीट्रकबाट खस्दा एकको मृत्यु

भक्तपुर, ७ पुस । गुडिरहेको मिनीट्रकबाट खसेर आज सूर्यविनायक नगरपालिका – ९ नंखेलका गणेश ब्याञ्जुको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिञ्चोकमा मिनीट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्याञ्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए । प्रहरीले मिनीट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई […]

मोहन बैद्य चढेको गाडी रौतहटमा दुर्घटना, यस्तो छ बैद्यको अवस्था

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य चढेको सवारी रौतहटमा दुर्घटना भएको छ । तर, वैद्य भने सकुशल छन् । उनी क्षतिग्रस्त सवारी छाडेर सिरहा पुगेका छन् । दुर्घटना शुक्रबार राती भएको हो । पूर्वपश्चिम राजमार्गको चन्द्रपुरस्थित सडकमा वैद्य सवार रहेको मारुती भ्यान सडकमा रोकिरहेको ट्रकमा ठोक्किएको थियो । बा३च […]

रेडियो कर्णालीमा नेकपा आवद्ध भण्डारीको समूहले गर्यो सांघातिक आक्रमण, आक्रमणबाट ठूलो क्षति, रेडियो बन्द

हुम्ला । सदरमुकाम सिमकोटस्थित रेडियो कर्णाली अवाजमाथि आक्रमण भएको छ । नियमित प्रसारणमा रहेको रेडियोमा शुक्रबार राती ९ बजे आक्रमण भएको हो । हुम्ला सदरमुकाम सिमकोट माथिल्ला बजारको सूचना टोलमा रहेको रेडियोमाथि अत्याधिक मदिरा सेवन गरी उज्जवल भनिने बाँचबहादुर भण्डारीको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो । उनी सिमकोट गाउँपालिका–१ ठेहे निवासी भण्डारी आफै रेडियोको […]

मेक्सिको सीमानामा पर्खाल बनाउने बारे अमेरिकी सिनेट र सरकारबीच विवाद

एजेन्सी । अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी कामकाज आंशिक रुपमा ठप्प हुने पक्का भएको छ । बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्ष बिहीन भएपछि सरकारी काम आंशिक रुपमा प्रभावित हुने भएको हो । […]

यसरी मनाए टोखामा सांस्कृतिक जागरण सहित परम्परागत त्यछिंत्यः पर्व – ( फोटो फिच र, भिडियो )

            काठमाडौँ उपत्यकाको उत्तर तिरको नेवार समुदाय पुरानो बस्ति ‘‘सांस्कृतिक संरक्षित क्षेत्र ” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला”सम्पन्न भएको छ । उपत्यका लगाएत नेवार समाजमा धार्मिक ,सामाजिक ,राजनैतिक ,साँस्कृतिक र प्राकृतिकलगाएत विविध प्रकारबात मनाउदै आइरहेको पर्व मध्ये धान्यपुर्णिमा ” य;मरि पुन्ही ” प्राकृतिक पर्व हो । प्रत्यक बर्ष थिलाथ्वो पुर्णिमाका दिन बिषेस […]

ठूलो संख्यामा शिक्षकहरु फेल, पास गराइदिन उत्तरपुस्तिकामा लेखिए रोचक कहानी

काठमाडौं । कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नका लागि शिक्षक सेवा आयोगले लिएको लिखित परीक्षामा ठूलो संख्यामा शिक्षकहरु अनुत्तीर्ण भएका छन् । नतिजा प्रकाशन गर्ने र पुनर्योगको प्रक्रिया पनि चलिरहेकोले आयोगले यसको एकिन आँकडा बाहिर नल्याए  पनि अहिलेसम्म प्रकाशित नतिजामा अनुत्तीर्ण हुनेहरुको प्रतिशत निकै धेरै देखिएको छ ।यो तथ्यसँगै नेपालको शिक्षाको मुहान कस्तो छ भन्ने […]

फेसबुकबाट प्रेम नगर्न अाग्रह

एजेन्सी । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल […]

ललितपुरका डान्सबारबाट तीनसय बालबालिकाको उद्धार

गोदावरी । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ । ‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक […]

नागरिक लगानी कोषमा अचम्मको भाँडभैलो, एयरबस खरीदमा दिइएको १२ अर्बको लेखाजोखा नै छैन

नारायण ढुङ्गाना काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक साधारणसभामा […]