काठमाडौँ उपत्यकाको उत्तर तिरको नेवार समुदाय पुरानो बस्ति ‘‘सांस्कृतिक संरक्षित क्षेत्र ” टोखामा परम्परागत ‘‘त्यःछिंत्यः मेला”सम्पन्न भएको छ । उपत्यका लगाएत नेवार समाजमा धार्मिक ,सामाजिक ,राजनैतिक ,साँस्कृतिक र प्राकृतिकलगाएत विविध प्रकारबात मनाउदै आइरहेको पर्व मध्ये धान्यपुर्णिमा ” य;मरि पुन्ही ” प्राकृतिक पर्व हो । प्रत्यक बर्ष थिलाथ्वो पुर्णिमाका दिन बिषेस गरि काठमाडौँ उपत्यका लगाएत आसपास बसोबास गर्ने नेवार समुदायमा यस दिन नयाँ धानको पिठोभित्र चाकु , तिल ,नरिवल ,र अन्य मसला मिश्रित बाफबाट पकाई बनाइने य:मरी निकै लोकप्रिय छ ।
धेउसी भैलो जस्तै सांगीतिक प्रस्तुतिमा समूह समुह बनाई टोल टोलमा य:मरि माग्ने परम्परा रहिआएको छ । काठमाडौँको उत्तरी नेवार बस्ति रुपमा परिचित टोखामा टोखा सम्पदा सस्कृति दिवसको रुपमा टोखा संस्कृति सम्पदा द:बुको आयोजनामा यो पर्व मनाएको हो । दबूका अध्यक्ष मनिराज डंगोलका अनुसार शनिबार बिहानैदेखि प्राचीन नेवाः बस्ती टोखाका विभिन्न ६ स्थानमा त्यःछिंत्यः टोलीले परम्परागत बाजा र सांस्कृतिक टोली सहित त्यःछिंत्यः गीत गाएर जनतालाई सांस्कृतिक चेतना जागृत गरि मानिएको बताउनु भयो ।
टोखा ‘‘सांस्कृतिक संरक्षित क्षेत्र” घोषित भएपछि यो मौलिक कार्यक्रमले स्थानीय जनतामा सांस्कृतिक जागरण ल्याउने प्रयास गरिएको हो ।
https://www.facebook.com/sushant.dangol.3/videos/2176952009035995/