अदालतले पुर्पक्षमा जेल तोकेपछि जेल गएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या

दाेलखा, १६ माघ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ […]

देशमा कति सहिद छन सरकारसँगै छैन एकिन तथ्याङ्क

काठमाडौँ । माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष […]

व्यवसायीले ल्याए पर्यटकलाई ५० प्रतिशतसम्म आकर्षक छुट प्याकेज

दाेलखा । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । बुधबारदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग […]

अन्ना हजारेले फेरि सुरु गरे अनसन

काठमाडाैं । भारतमा भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले फेरि अनसन सुरु गरेका छन् । जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै उनले आफ्नै गाउँ रालेगणमामा बुधबार अनसन सुरु गरेका हुन् । महाराष्ट्रको अहमदनगर, रालेगण सिद्धीमा अनसन बसेका हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक/पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेकाले आन्दोलन सुरु गरेको […]

वेपत्ता छानविन र सत्य निरुपण आयोगको म्याद एक वर्ष बढ्यो

काठमाडौँ। सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउन बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने भएको छ। आयोगका म्याद थप गर्नेसम्बन्धी संशोधन विधेयक राष्ट्रियसभामा पेस गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा कानुन हेर्ने सचिव रमेश ढकालले विधेयकमा आयोगका पदाधिकारीहरूलाई समेत हटाउन सक्ने प्रावधान रहेको बताए। सरकारले ‘सत्य निरुपण […]

शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनद्वारा आन्दोलनको चेतावनी

काठमाडाैं । कर्मचारी समायोजनको नाममा शिक्षा सेवाका कर्मचारीमाथि अन्याय भएको भन्दै कर्मचारीका संघ संगठनले आपत्ति जनाएका छन । निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारिक ट्रेड युनियन लगायतले यथावस्थामा नै समायोजन स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिएका हुन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर उनीहरुले आफ्नो माग पत्र पेश गर्दै सो पूरा नभए आन्दोलनको चेतावनी […]

कांग्रेस र नेकपाका विद्यार्थी अध्यक्षबीच क्लबमा भयो चर्काचर्की (भिडियो सहित)

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङबीच चर्काचर्की भएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनीहरु आमनेसामने भएका छन्। नेविसंघ अध्यक्ष महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारे। उनले भने,‘तर सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ। त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस्।’ […]

नक्कली ब्ल्यू बुक बनाएर पौने तीन करोड ठगी गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली ब्ल्यू बुक बनाई बैँकबाट कर्जा लिएर रु दुई करोड ७१ लाख ७६ हजार ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले देव विकास बैंकका विभिन्न शाखाबाट सवारी कर्जा लिने प्रयोजनका लागि सम्बन्धित शाखा कार्यालयको कर्मचारी र मूल्याङ्कनकर्तालाई सवारी देखाई ठगी गर्ने आठ जनालाई पक्राउ गरी […]

हायातमा किन निकालियो शेयर विवाद ? कसरी घट्यो तारागाउँको शेयर

काठमाडौं । सरकारको शेयर घटेको विषयलाई विवादमा तानिएका कारण काठमाडौंको बौद्धमा रहेको होटल हायातलाई देशको पर्यटन विकासमा योगदान पुर्याउन घोषणा गरेका ठूला प्रोजेक्टहरु अगाडि बढाउन बाधा पुगेको जनाएको छ । सरकार, निजी क्षेत्र र सर्वसाधारणको करोडौको शेयर रहेको मुलुककै व्यवस्थित र नमूना मानिएको होटेल हायातमा जवरजस्त विवाद तान्न खोजिएपछि निजी क्षेत्रका केही अगुवाहरु झस्किएका छन् […]

क्रिकेटमा नेपालको अर्को सफलताः युएईलाई ४ विकेटले पराजित गर्दै नेपाल एकदिवसीय म्याच विजेता

काठमाडौं, १४ माघ । नेपाल अन्तराष्ट्रिय क्रकेटमा अर्काे एेतिहासिक सफलता हात पारेकाे छ । यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ४ विकेटले पराजित गर्दै नेपाल एक दिवसीय म्याच विजेता बनेकाे हाे ।  गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को […]