अदालतले पुर्पक्षमा जेल तोकेपछि जेल गएकै दिन २४ वर्षीय युवकले गरे आत्महत्या

दाेलखा, १६ माघ । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ ।

कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखेर उनलाइ मङ्गलबारमात्र अदालत पेश गरिएको थियो । मंगलबार अदालतले उनकाे मुद्दामाथि सुनुवाइ गरेकाे थियाे । अदालतले उनलाइ पुर्पक्षका लागि जेलमा राख्ने अादेश दिएकाे थियाे ।

अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको थियाे । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो ।

Loading...