बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले यसरी लगाए डोजर (हेर्नुहोस भिडियो)

धनगढी, १५ चैत । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने प्रश्न समेत गरेनन् । आखिर गरुन पनि किन ? अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको […]

भारतले फेरि बढायो बिजुलीको भाउ

काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत […]

अब वर्षभर ८९ दिन मात्र सार्वजनिक बिदा हुने, यस्तो छ कारण

काठमाडौं, १५ चैत । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित […]

उत्तर कोरियाली नेता किम जोन उनको चीन भ्रमणका रोचक भिडियो र तस्विरहरु

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–अन चार दिन लामो बेइजिङ यात्राबाट बुधबार सवदेश फर्किएका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेको छ। सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। उत्तर कोरियाली नेता किम जङ–अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको […]

नेकपाका नुवाकोट जनपरिषद् प्रमुख अपहरण शैलीमा गिरफ्तार !

दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख ‘बिन्तोष सिलवाल’ अशोक गिरफ्तार परेका छन् । बुधबार पत्रकार सम्मेलनस्थलबाटै उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा नुवाकोटले जानकारी दिएको छ। विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा लिएको बताईएको छ । […]

सडक बिस्तारपिडितमाथि निर्मम दमन, टियर ग्यास र लाठी चार्ज, दजैनौं गिरफ्तार (भिडियोसहित)

काठमाडाैं, १४ चैत्र । सडक बिस्तारको नाउमा आफुहरुलाई उठिबास लगाउन खोजेको भन्दै लामो समयदेखि संघर्षरत पीडितहरुले आज माइतीघर मण्डलामा गरेकाे प्रदर्शनमाथि प्रहरीले निर्मम दमन गरेकाे छ ।  माइतीघर मण्डलमा धर्ना दिइरहेका आन्दोलनकारीमाथि प्रहरीले एकाएक लाठी प्रहार गरेपछि केहीबेर झडप समेत भएकाे छ । प्रहरीकाे लाठी प्रहारबाट थुप्रै अान्दाेलनकारी घाइते भएका छन् । साथै प्रहरीले एकदर्जन […]

उत्तरकोरियाली नेता किमको वेइजिङमा भव्य स्वागत, सी जिन पिङसँग उच्च भेटघाट

काठमाडाैं । संसारकै ध्यान खिचिरहेका उत्तरकाेरियाली सर्वाेच्च नेता किम जाेङ उनले पहिलाे पटक चीनकाे भ्रमण गरेका छन् । राष्ट्रपति भएपछि पहिलाे पटक विदेश यात्रा गरेका उनलार्इ चीनमा भव्य स्वागत गरिएकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले किम जाेङ उनलार्इ गरेकाे स्वागतसँगै उता अमेरिकाले के प्रतिक्रिया दिन्छ भन्ने धेरैले चासाे राखेका छन् ।  उत्तरकाेरियाली नेता उनसँग […]

एसर्इर्इ परीक्षा दिन आएकी गोरीकलाको हत्यामा प्रहरीकै सम्लग्नता

सुर्खेत, १४ चैत । एसईई परीक्षार्थी गोरीकला रोकायाको हत्यामा प्रहरीको पनि संलग्नता रहेको रहस्य खुलेको छ । प्रहरीले हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई नियन्त्रणमा लिएपछि प्रहरीको पनि संलग्नता रहेको पुष्टि भएको हो । प्रहरीले हत्यामा पञ्चपुरी नगरपालिका-८ का लक्ष्मीप्रसाद बास्तोला पनि संलग्न भएको जनाएको छ । ट्राफिक प्रहरी कोइरालाले […]

प्रचण्ड विरुद्ध नेकपाले टाँस्यो तीन ठाउँमा वारेन्ट, १५ दिनभित्र रोल्पा हाजिर हुन आदेश

चितवन, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको पक्राउ पुर्जी तीन टाँसिएको छ । शिवनगरस्थित प्रचण्डको पुरानो घर, लायन्स चोक र हाकिम चोकमा रहेको सम्पर्क कार्यालयमा सूचना टाँस भएको हो । प्रचण्ड चितवन आउँदा सम्पर्क कार्यालयमा रहेको उक्त घरमा बस्दै आएका छन् । बुधबार विहानै एकै समयमा तीनै ठाउँमा टाँसिएको स्थानीयले बताएका छन् । […]

रानीमहल होटलका सञ्चालक पक्राउ, महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप

काठमाडौं, १४ चैत । काम गर्न होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर […]