आकाशमै आगो मुस्लोसहित खस्यो जहाज, पाइलटसहित १२ जनाको मृत्यु

काठमाडौँ, २६ फागुन । कोलम्बियामा भएको विमान दुर्घटनामा भएको छ । शनिवार राति भएको विमान दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको हो । कालम्बियाका नागरिक सुरक्षा आपत सेवाले ट्विट गर्दै दुर्घटनाको जानकारी दिएको छ । कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान […]

विजुक्छेले खोले सिके-सरकार सहमतिको राजः भारतको पहलमा सहमति भएको दावी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले तराईलाई नेपालबाट टुक्र्याएर छुट्टै देश बनाउन लागेका सिके राउत र सरकारबीचको सहमतिमाथि गम्भीर प्रश्न उठाएका छन् । नेता विजुक्छेले यो सहमति भारतकै निर्देशनमा भएको दावी पनि गरेका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता विजुक्छेले केपी ओली नेतृत्वको सरकार भारतको चङ्गुलमा फस्दै गएको दावी […]

रात्रीक्लबमा ग्रिनेड र बन्दुक आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं, २६ फागुन । मेक्सिकोको विभिन्न स्थानमा शनिबार भएका हिंसात्मक घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा एउटा रात्रि क्लबमा अज्ञात समूहले बन्दूक तथा ग्रिनेड आक्रमण गर्दा कम्तीमा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यसैगरी, मोन्टेरे शहरमा लागु औषध कारोबार गर्ने एक समूह […]

पत्रकार ऋषि धमलाको गाडी आइतबार बिहानै दुर्घटना, चालक गम्भीर घाइते

काठमाडौं, २६ फागुन । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन् । आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन् । लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो । दुर्घटनाबाट कार र मोटरसाइकलमा क्षति पुगेको छ । मोटरसाइकल […]

विदाका दिन सरकारी गाडी दुरुपयोग गर्ने ६३ जनामाथि यस्तो कारवाही

काठमाडौं, २६ फागुन । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउने ६३ जनामाथि कारवाही गरिएको छ । ट्राफिक प्रहरी महाशाखाले नारी दिवस र शनिवारको सार्वजनिक विदामा काठमाडौं उपत्यकामा नियम विपरित सरकारी गाडी चलाएकोले उनीहरुमाथि कारवाही गरेको जनाएको छ । शुक्रबार र शनिबार बिनापास विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउनेलाई कारबाही गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी […]

श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं, २५ फागुन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । अझै पनि शिक्षा जीवउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् । […]

८ महिनामा १०८ कर्मचारी घूस लिँदालिँदै पक्राउ

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री केपी अाेलीले  भ्रष्टाचारमुक्त प्रशासनकाे भाषण गरिरहँँदा पछिल्लो ८ महिनामा सबैभन्दा बढी कर्मचारी पक्राउ परेकाे तथ्य सार्वजनिक भएको छ । गत साउनदेखि फागुन २१ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान अायाेगले १०८ जना सरकारी कर्मचारी पक्राउ गरेको छ । अायाेगले ८ महिनामा ७५ वटा स्टिङ अपरेसन गरेेर १०८ जना कर्मचारी पक्राउ गरेकाे हाे […]

भोजपुरमा पनि हतियार बरामद

भोजपुर, २५ फागुन । जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो । प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार छापा मार्ने क्रममा भरुवा बन्दुक दुई थान, हाब्रेको छाला एक थान, भालुको छाला र […]

१०९औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा नेपाल महिला चेम्बरको छुट्टै कार्यक्रम

काठमाडौँ, २५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक परिवर्तनमा महिलाको सहभगिता एवं भूमिका अत्यन्त उच्च र गौरवपूर्ण रहेको बताएका छन् । एक सय नवौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा उनले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताए । उनले भने, “महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, […]

यातायात व्यवसायीले आफुखुशी भाडा बृद्धि गर्न थाले

काठमाडौँ, २५ फागुन । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । […]