याक एण्ड यति होटलमा रहस्यमय प्रशिक्षण दिइरहेका १२ भारतीय पक्राउ

काठमाडौ । अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय रहेकाे र त्यँहीबाट सुन, रियलस्टेट लगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएकाे पाइएकाे छ ।

शुक्रबार हाेटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएकाे खुलेकाे छ। प्रशिक्षणमा सहभागी भएका १५/२० जना नेपाली र अन्य भारतीय भएकाे पाइएकाे छ। उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने याेजना बनाएका थिए।

पक्राउ परेका माथि छानबिन चलिरहेकाे महानगरीय प्रहरी परिसरका डीएसपी हाेबिन्द्र बाेगटीले बताए।

Loading...