मध्यरातमा २ घरमा डकैती गरेर लाखौ लुट्ने तीन पक्राउ, एक घाइते

बर्दिवास, १९ असार । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ। गए राति बर्दिवास नगरपालिका वडा न‌ं. ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो। वडा नं. ७ का रामसुनर महतो र वडा नं. ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट […]

वडाध्यक्ष जुवाको खालबाट पक्राउ

काठमाडौं । इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। उनीहरुलाई गएराति सुनसरीको दुहवी–१२ बाट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले आज जानकारी दिए। विशेष सुराकीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकालाई आज जिल्ला अदालत इनरुवामा ७ दिनका लागि म्याद थप […]

मानव तस्करको जालमा परी युरोप छिर्न त्रिपोली पुगेका श्रेष्ठ लिबियाको युद्धमा मारिए

काठमाडौं, १९ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले दिएको जानकारी अनुसार मारिनेमा सन्तोष श्रेष्ठ नाम गरेका एक नेपाली हुन । आईओएमले श्रेष्ठ हिरासत केन्द्रमा भएको आक्रमणमा घाइते भएका थिए । घाइते भएका श्रेष्ठलाइ उपचारका लागि अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममै मृत्यु […]

हरिवन नगरका प्रमुख ‘जनतासंग मेयर’ मार्फत प्रस्तुत, पछाडी पारिएका क्षेत्रलाई हेर्न जनताको जोड

सर्लाही,१८ असार । सर्लाहीको हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं जनतासामु ‘जनतासंग मेयर’ कार्यक्रममार्फत प्रस्तुत भएका छन् । वडा नम्बर १ बिलन्दी डाडामा भएको कार्यक्रममा उनले जनताका सवालहरुको सामना गरेका हुन् ।  नगरपालिकाले बिकाशको नाममा सुबिधा सम्पन्न भएकै नगर केन्द्रीकृत कार्यक्रम गरेर भौगिलिक बिकटताले पछाडी पारिएको दुर्गम तथा पहाडी क्षेत्रलाई समेट्न र बिकाशको अनुभूति दिलाउन नसकेको […]

“स्वच्छ ईंटा परियोजना” समिक्षात्मक कार्यशाला गोष्ठीको समापन कार्यक्रम सम्पन्न

असार १८ ,काठमाडौँ / नेपाल ईंटा उद्योग महासंघ र अन्तर्रा्ष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्य तथा (DFID) नेपाल को सहयोगमा सञ्चालित स्वच्छ ईंटा पहल, पहिलो चरणको परियोजनाको समापन २०७५ असार १५ गते देशभरका सरोकारवाला ईंटा उद्योग व्यवसायी तथा संघहरुको प्रतिनिधिमूलक उपस्थितिमा सम्पन्न भएको छ । परियोजना सम्बन्धित समिक्षात्मक कार्यशाला गोष्ठी तथा महासंघका उपलब्धिबारे […]

उडिरहेको विमानबाट एक व्यक्ति अचानक खसेपछि

काठमाडाैं । उडिरहेको विमानबाट खसेर लन्डनमा एक व्यक्तिको मृत्यु भएको छ। ती व्यक्तिको मानव वस्तीमा खसेर मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। लन्डन अवतरण गर्ने अवस्थामा उडिरहेको केन्या एयरवेजको विमानबाट खसेर ती व्यक्तिको मृत्यु भएको जनाइएको छ। केन्याबाट विमानमा लुकेर आएका व्यक्ति विमानबाट खसेको हुनसक्ने आशंका गरिएको छ। अधिकारीहरका अनुसार ती व्यक्ति ल्यान्डिङ पार्ट्समा गएर […]

विद्यार्थी नेता मल्लको मृगौला प्रत्यारोपण सफल

काठमाडौँ । दुबै मृगौला फेल भएर उपचारको प्रक्रियामा रहेका जाजरकोटका युवा नेता कालीबहादुर मल्लको मृगौला प्रत्यरोपण सफल भएको छ । राजधानीको भक्तपुरस्थित मृगौला प्रत्यरोपण केन्द्रमा मल्लको मृगौला प्रत्यारोपण गरिएको हो । डा. पुकार श्रेष्ठसहितको टिमले मल्लको मृगौला प्रत्यारोपण गरेको हो । विद्यार्थी राजनीतिमा स्थापित व्यक्तित्व बनाएका मल्ल एकवर्षदेखि उपचारको क्रममा रहेका थिए । उनकी साहिली […]

दुवइबाट फर्केकै दिन युवति लिएर नयाँ बसपार्कको होटेलमा बसेका युवक मृत फेला

काठमाडौं, १८ असार । काठमाडाैंकाे बालाजुस्थित नयाँ बसपार्क नजिक हाेटेलमा एक युवक मृत फेला परेका छन् । मृत्यु हुने युवक काभ्रेका २६ वर्षीय प्रमाेद गुरुङ हुन । उनी नयाँ बसपार्ककाे शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत अवस्थामा फेला परेका हुन् । केही दिन अघि मात्र दुवइबाट नेपाल फर्केका गुरुङ एक युवतीसँगै उक्त हाेटलमा केही दिन […]

दाइजो माग्न ससुराली पुगेका ज्वाइ रुखमा बाँधेर कुटिए

काठमाडाैं । भारत बिहारकाे मुजफ्फरपुर गाउँमा एक ज्वाइलाई दाइजो मागेर सताएको भन्दै ससुराली पक्षले रुखमा बाँधेर कुटपिट गरेका छन् । मुजफ्फरपुरको सुमेरा गाउँमा यो घटना भएको हो । सुमेराका अवधेश कुमारलाई उनको सुसुराली परिवारले गाउँलेको सहयोगमा रुखमा बाँधेर कुटपिट गरेका हुन् । अवधेशले दाइजोको नाममा सधैँ छोरीलाई कुटपिट गर्ने गरेको आरोप उक्त परिवारको छ । […]

पत्रकार सम्मेलनबाटै देवकोटा पक्राउ

धनगढी, १८ असार । पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले कैलालीका अशाेकराज देवकाेटालाइ पक्राउ गरेकाे छ । देवकाेटा कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष हुन । उनलाइ बुधबार बिहान अत्तरियामा रहेकाे उद्योग वाणिज्य संघको कार्यालयबाटै पक्राउ गरिएकाे हाे । उनकाे कार्यालयमा पत्रकार सम्मेलन चलिरहेका बेला ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे । देवकोटासहित […]