इंग्ल्याण्ड, स्वीडेन र बेल्जियम पहिलाे खेलमा विजयी

काठमाडाैं । रसिया विश्वकपमा साेमवार भएका खेलमा बेल्जियम, इंग्ल्याण्ड र स्वीडेन विजयी भएका छन् । बेल्जियमले पानामालार्इ, स्वीडेनले दक्षिण काेरियालार्इ र इंग्ल्याण्डले ट्यूनिसियालार्इ पराजित गर्दै पहिलाे खेलमा जित दर्ता गरेका हुन् । सोमबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालार्इ २-१ ले पराजित गरेकाे हाे । निर्धारित समयमा १-१ को बराबरीमा रहेकाे खेलमा थपिएकाे अतिरिक्त समयमा इंग्ल्याण्डका […]

बरिष्ठ न्यूरोसर्जन देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए । उनको चाहना अनु्सार गत […]

यसरी सिर्जना भयो चीन–अमेरिका व्यापारिक तनाव, यस्तो हुनेछ आगामी असर

रणनीतिक विकल्पका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिलाई महत्वपूर्ण मान्नुपर्ने धेरै मानिसको धारणा हुन सक्छ । तर, उनको लिएको व्यापार नीतिले स्टिल, आल्मुनियम र कारसमेतको आयातमा कर थप गर्नुभन्दा अन्य कुनै पनि काम गरेको देखिँदैन । यसले व्यापार युद्ध (व्यापारिक तनाव)को अवस्था सिर्जना गरेको छ । उच्चदरको आयात कर लागू गर्नुको वास्तविक उद्देश्य […]

मेसीको प्रतिरक्षामा उत्रिए म्यारोडोना

काठमाडाैं । रसिया विश्वकपमा पनि निकै चर्चामा रहेका अर्जेन्टिनाका कप्तान लियाेनल मेसीले पेनाल्टी मिस गरेसँगै उनकाे अालाेचना निकै बढेकाे छ । संसारभरका अर्जेन्टिनी फ्यानहरुले अालाेचना गरिरहँदा अर्जेन्टिनाका महान खेलाडी डिएगाे म्याराेडाेना भने मेसीकाे प्रतिरक्षामा उत्रिएका छन् । म्याराेडाेनाले अाइसल्याण्डसँगकाे खेलमा मेसीका कारण अर्जेन्टिनाले जित्न नसकेकाे कुरा सरासर गलत भएकाे बताएका छन् । मेसीले अाफ्ना तर्फबाट […]

नेपाली मिडियामा व्यापार र सत्ता राजनीति हावी छ

Prabhat-Chalaune

भर्खरै राष्ट्रिय सम्मेलन सक्नु भयो कस्तो रह्यो राष्ट्रिय सम्मेलन ? सम्मेलन धेरै हिसावले महत्वपूर्ण र ऐतिहासिक बन्यो । संसदवादी नेताहरुको अहम र निरंकुश चरित्रमा देश अत्यासलाग्दो चपेटामा परिरहेका बेला हाम्रो संगठनको राष्ट्रिय सम्मेलन सकिएको छ । देशभरका करिव २ सय प्रतिनिधि पर्यवेक्षकहरुको उपस्थितिमा हामीले आजको विश्व मिडिया, नेपाली पत्रकारिता र विकसित प्रविधिले मानिसको जीवनमाथि पारेको […]

इन्जिनियरहरुको तलब बढाउन माग

काठमाडौं । निजी क्षेत्रमा कार्यरत ठूलो संख्यामा रहेका इन्जिनियरहरुलाई न्यूनतम पारिश्रमिकमा काममा लगाइएको भन्दै उनीहरुको सुविधा बृद्धि गर्न आवाज उठेको छ । जनगणतान्त्रिक इन्जिनियर्स एशोसियशनले यस्तो आवाज उठाएको हो । सो संगठनले निजी क्षेत्रमा कार्यरत इन्जिनियरहरुको सरकारी सेवा सुविधा सरह नै पारिश्रमिक दिनु पर्ने र ३ महिना इन्टर्नसिप गर्ने इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरुलाई पनि उनीहरुले काम […]

लगातार आकाशे पानीमा धुलो र हिलो मिसिएर आउन थालेपछि सबै दङ्ग

काठमाडौं, ३ असार । तराईदेखि पहाडी क्षेत्रसम्म शुक्रबार बेलुकाबाट धुलोसहित पहेँलोखालको वर्षा भइरहेको छ । अरब सागर र थार मरुभूमिदेखि राजस्थान हुँदै नेपालसम्म आएको पश्चिमी वायुका कारण धुलोसहितको पहेँलो वर्षा भएको हो । यसरी आएको धुलो साढे २ देखि ३ किलोमिटर आकाशमाथि देखिएकाले हिमाली क्षेत्रमा प्रभाव देखिएको छैन । गत शुक्रबार राति बाहिर राखिएका सामानमा धुलै–धुलो देखिएपछि सार्वसाधारण […]

नेपालले पायो थप तीन वटा हवार्इ रुट, विराटनगर, जनकपुर र महेन्द्रनगरबाट जहाज नेपाल भित्रिन सक्ने

काठमाडाैं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो । यसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् । बिहीबारदेखि काठमाडौंमा […]

नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्यो, यो वर्ष १० महिनामै ४३ अर्ब लगानी

काठमाडाैं, ३ असार । नेपालमा चिनकाे लगानी ह्वात्तै बढेकाे छ । यसअघि वार्षिक ३ अर्बकाे लगानी गरिरहेकाे चिनले यस वर्ष १० महिनामै ४३ अर्ब लगानी गरिसकेकाे छ । यसबाट नेपालमा चीनकाे लगानी निकै धेरै बढेकाे देखिएकाे हाे । यससँगै नेपालमा लगानी बढाउने चिनकाे आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै गएको देखिन्छ । चीनले […]

क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै बनाए धेरै रेकर्ड

काठमाडाैं, ३ असार । पाेर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डो यतिबेला अझै चर्चाकाे शिखरमा पुगेका छन् । पहिलाे खेलमै ह्याट्रिक गरेपछि उनका फ्यानहरु खुसी छन भने उनका अालाेचक पनि उनीप्रति सहानुभूति राख्न थालेका छन् । पहिलाे खेलबाट राेनाल्डाेले ५१ अाै ह्याट्रिक पनि पूरा गरेका छन् । यससँगै उनी विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका […]