काठमाडाैं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेमा सत्तारूढ नेकपाभित्रै अलमल छ । नेकपा नेताहरू निष्कर्षमा नपुगेकाले संसदीय सुनुवाइ समितिको आइतबारको बैठक केही सदस्य अनुपस्थित भएको प्राविधिक कारण देखाउँदै सोमबार दिउँसोसम्मका लागि स्थगन भएको छ । १५ सदस्यीय समितिमा सत्तारूढ दलका १० सांसद छन् । उनीहरूले चाहे जोशीको नाम […]
समाचार
बढ्यो राष्ट्रिय ऋण, ६२ प्रतिशतले ऋण बढ्दा प्रति नेपालीलाई ३० हजार ऋणभार
काठमाडौं, १४ साउन । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। […]
सिमेन्ट र इन्धनमा अत्यधिक ठगी
काठमाडौँ, १४ साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो । विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम […]
फाँटिलो जनवाद र झरिलो केन्द्रीयता
कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन । कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता तर काम–कारबाहीमा ‘नोकरशाही’ को आरोप बेला–बेलामा लागिरहन्छ, किन ? के माओले नोकरशाहीका […]
सडक विभागका इन्जिनिर ३६ लाख घुस र श्रीमतीसँगै पक्राउ
रुपन्देही, १२ साउन । सडक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भैरहवाबाट पक्राउ गरेको हो। सडक निर्माणको बिल भुक्तानीका लागि ठाकुरले ठेकदारसँग मोटो रकम असुलेका हुन्। यस्तै, घुसको पैसा लिएर वीरगञ्जस्थित घरमा जाने क्रममा ठाकुरकी श्रीमती पनि बाटैबाट पक्राउ परेकी […]
नेकपाका पोलिटब्यूरो सदस्य कार्की र धमलालाई पक्राउ गरी वेपत्ता पारियो
काठमाडौं, १२ साउन । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दुई जना पोलिटब्यूरो सदस्यलाई अपहरणको शैलीमा गिरफ्तार गरी वेपत्ता बनाएको छ । नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की जीवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले बिहीबार काठमाडौंको थानकोट नागढुंगाबाट गिरफ्तार गरेको हो । सार्वजनिक बसमा चढेर काठमाडौं आउँदै गरेका कार्की र धमलालाई प्रहरीले नागढुंगामा बसबाट झारेर लगेको थियो । […]
कुरिनटारमा बस दुर्घटनामा परी ७ जनाको मृत्यु, २५ घाइते, त्रिशुली नदीकिनारमा खस्यो बस
चितवन, ११ साउन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने २५ जना घाइते भएका छन् । काठमाडाैंबाट पाेखरातर्फ जाँदै गरेकाे बस कुरिनटारकाे चुम्लिङटारमा पुगेपछि एक ट्रकसँग ठक्कर खाएर त्रिशुली नदी किनारमा खसेर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ना ६ ख २५०६ नम्बरको बस परेकाे प्रहरीले जनाएकाे छ । […]
ओली-प्रचण्डले किन बोलाए आकस्मिक संसदीय दलको बैठक, यस्तो छ कारण
काठमाडौं । केपी ओली र प्रचण्डले आकस्मिकरुपमा आफ्नो पार्टी को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री समेत रहेका ओली निवास बालुवाटारमा शुरु बैठकमा डाक्टर गोबिन्द केसीका मागमा भएका सहमतिबारे सांसदहरुलाई जानकारी गराइने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । सहमति अनुसार नै संशोधन दर्ता गराउनुपर्ने भएकाले सांसदहरुलाई सहमतिबारे ब्रिफिङ गर्न बैठक बोलाइएको […]
पद्मालाई मन्त्री बनाउन प्रधनमन्त्री ओलीले फुटाए कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
काठमाडौँ । पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन प्रधनमन्त्री केपी ओलीले फेरि मन्त्रालय फुटाएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो । यससँगै संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग […]
गोविन्द केसी सामु अन्ततः झुक्यो सरकार, ९ बुँदे सहमति, केसीको अनसन तोडियो
काठमाडाै, १० साउन । २७ दिनदेखि अनसन बसेका डा. गाेविन्द केसी पक्षीय टाेली र सरकारी वार्ता टाेलीबीच ९ बुँदे सहमति भएकाे छ । अन्तत: सरकार झुकेर गाेविन्द केसीका सबै माग पूरा गर्न सहमत भएपछि सहमति जुटेकाे हाे । दुबै टाेलीले ९ बुँदे सहमति पत्रमा हस्तान्तर गरेसँगै डा. केसीले भाेक हडताल समेत अन्त्य गरेका छन् । चिकित्सा […]










