शुक्रबार दुर्लभ खगोलीय घटना, यस शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडाैं । शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएकाे छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। यसलार्इ दर्लभ खगाेलीय घटना मानिएकाे छ । नेपालबाट यसलार्इ प्रष्ट रुपमा देख्न सकिने बताइएकाे छ । चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा […]

भरतपुरकी मेयर रेणु दाहालले अटो चालकसँग गरिन यस्तो पाँचबुँदे सहमति

काठमाडौं । भरतपुरमा आन्दोलनरत अटो तथा रिक्सा चालक र महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि चालक मजदुरहरु आन्दोलनमा उत्रिएका थिए ।आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । भरतपुर क्षेत्रमा भएको प्रदर्शनका क्रममा बुधबार प्रहरीसँग झडप समेत भएको थियो । […]

फ्रान्सबाट अाइपुग्याे निगमकाे अर्काे वाइडवडी जहाज

काठमाडाैं, १० साउन । नेपाल वायु सेवा निगमको अर्काे वाइड बडी विमान काठमाडाैं अाइपुगेकाे छ । यसअघि पनि अन्नपूर्ण नाम दिइएकाे वाइडवडी जहाज ल्याइएकाे थियाे । बिहीबार काठमाडाै विमानस्थलमा अवतरण गराइएकाे जहाजकाे नाम मकालु राखिएकाे छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दोस्रो वाइड बडी जहाज भित्र्याएकाे हाे । बिहीबार बिहान ९ बजे त्रिभुवन […]

विश्व हेलिकोप्टर सम्मेलन हुँदै

काठमाडाैं । बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने […]

डा. केसी र सरकारबीचको वार्तामा विवेकशील र कांग्रेसको भाँजो ! दुबै पक्षबीच आरोप प्रत्यारोप

काठमाडाैं । सरकारी वार्ता टाेली र अनसनरत डा. गाेविन्द केसीका तर्फबाट गठित वार्ताटाेलीबीचकाे वार्ता विना निष्कर्ष टुङ्गिएकाे छ । बुधवार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएकाे वार्ता भएकाे थियाे । वार्ता निष्कर्षमा नपुग्नुमा दुबै टाेलीले एक अर्कामाथि अाराेप लगाएका छन् । डा. केसी पक्षका वार्ता टाेलीले सरकार वार्तामा गम्भीर हुँदै नभएकाे अाराेप लगाएकाे छ भने सरकारी वार्ता […]

महासचिव विप्लवसहितका नेताहरु घेराबन्दीमा परेकाे खबर गलत, दमन गर्ने षड्यन्त्र : प्रकाण्ड

कमल बुढा, काठमाडौँ । बुधबार दिउसो केही अनलाइन मिडियाले महासचिव विप्लवसहितका केही नेताहरु प्रहरीको घेराबन्दीमा परेको भन्दै प्रकाशित गरेको भ्रामक समाचारको नेपाल कम्युनिष्ट पार्टीले खण्डन गरेको छ । साथै झुट्टा प्रचारवाजीको भ्रममा नपर्न सबैमा अपिल समेत गरेको छ । बुधबार नै नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका विरुद्धमा योजनाबद्धरुपमा नियोजित सड्यन्त्र थोपरेर […]

ग्रिसको राजधानी एथेन्स नजि भिषण आगलागी, २० को मृत्यु सयौ बेखबर

काठमाडाैं । ग्रिसको जंगलमा भएको आगलागीका कारण अहिलेसम्म कम्तिमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । राजधानी एथेन्स नजिक रहेका जंगलसहितका क्षेत्रमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणमा लिने प्रयासमा सयौँ अग्निनियन्त्रक खटिएका छन् । मानिसले आफ्नो घर छोडेर सुरक्षित स्थानमा […]

राष्ट्रिय सभा बैठकमा भयो यस्तो भनाभन, झगडा बढ्ने देखिएपछि बैठक बीचैमा रोकियो

काठमाडौं, ८ साउन । राष्ट्रिय सभाकाे मंगलबार बसेकाे बैठकमा सांसदहरुबीच चर्काे भनाभन भएकाे छ । बैठकमा संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखिएपछि त्यसबारे ब्यापक टिप्पणी सुरु भएकाे छ । दृष्य यसरी सुरु भयाे कि जब राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराए । बैठक सुरु भएकाे जानकारी नपाउँदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै […]

घाइते प्रहरीलाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको आरोप लागेका शर्मा मन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न सोमबार सिफारिस गरेका हुन् । मधेस आन्दोलनका बेला जलेश्वरमा घाइते भएका हवल्दार थमन विकलाई उपचार गराउन प्रहरीले लैजाँदा गर्दा बाटामै […]

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि खोसियो कानुनमन्त्री तामाङको मन्त्रीपद

काठमाडौं, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङकाे मन्त्रीपद खाेसिएकाे छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कारण विवादमा अाएपछि तामाङकाे पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सोमबार बसेको बैठकमा तामाङलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियाे । प्रधानमन्त्री केपी शर्मा अाेलीले नै तामाङलार्इ पदबाट राजिनामा दिन जानकारी गराएकाे बताइएकाे छ । प्रम अाेलीले […]