नेपालको पक्षमा चीन बोलेपछि जोगिए सात सम्पदा

काठमाडौं, २ साउन । विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व सम्पदा समितिको ४३औँ बैठकबाट नेपाललाई सन् २०२२ सम्मको अवधी प्राप्त भएपछि हाललाई खतरा टरेको पुरातत्व विभागको […]

सबै वडामा स्वास्थ्य चौकी स्थापना

दाङ, २ साउन । दाङको शान्तिनगर गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको छ । स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउनका लागि गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकी स्थापना गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । “विकट वडाका नागरिकमा अझै पनि स्वास्थ्य सेवाको सहज पहुँचमा पुग्न सकेका छैनन्”, उनले भने, “त्यसैले हामीले प्रत्येक वडामा स्वास्थ्य संस्था […]

कर्मचारीलाई समयमै कार्यालय आउन मन्त्रीले निर्देशन दिनुपर्ने विडम्बना

मकवानपुर, २ साउन । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए । मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । […]

कारागार भित्रै उद्यमी बन्दै

रोल्पा, २ साउन । रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा […]

बस र मिनी ट्रक जुद्धा २ को मृत्यु २ दर्जन बढी घाइते

मोरङ, २ साउन । मोरङको पथरीमा मिनी ट्रक र बस ठोक्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । […]

अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’सेवालाई गुणस्तरीय बनाइदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा जिम्मा पाएको नेपाल वायुसेवा निगमले थप स्तरीय प्रदान गर्न विभिन्न उपाय अवलम्बन गरेको छ । निगमले पुराना भई उपयोगमा आउन नसक्ने भूमिस्थ सेवामा प्रयोग हुदै आएका उपकरणहरुको लिलामी गरेको छ। यसरी लिलामी प्रक्रियाबाट विस्थापन गर्दा निगमलाई ३२ लाख ६४ हजार ४ सय ४४ रुपैयाँ आम्दानी भएको निगमले जनाएको छ। त्रिभुवन […]

पहिरोले मेची राजमार्ग अबरुद्ध, यात्रु बीचबाटोमा अलपत्र

पाँचथर,२ साउन । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँगे्रभिरमा बुधबार राति वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो […]

शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि कसले गर्यो आक्रमण

रूपन्देही । रूपन्देहीमा गाैतम बुद्धका मूर्तीहरु व्याक रुपमा ताेडफाेड गरिएकाे छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखिएका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ मिलसम्म सडकमा राखेका ५ वटा बुद्धमूर्तीमा तोडफोड भएको जनाएकाे छ । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा २२ […]

९ हजारका लागि परीक्षा हुन नदिन लोकसेवा अगाडि ठूलो प्रदर्शन

  काठमाडौं, २ साउन । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन खारेजीको माग गर्दै आयोगको केन्द्रीय कार्यालय अगाडि ठूलो पदर्शन भएको छ । ठूलो संख्यामा मानिसहरु जम्मा हुने देखिएपछि प्रहरीले हस्तक्षेप गरेर केहीबेरमै त्यहाँबाट प्रदर्शनकारीहरुलाई हटाएको थियो । काठमाडौंको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि प्रदर्शनकारीहरुको ठूलो समूह जम्मा भएर बिहीबार केहीबेर घेराबन्दी समेत […]

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ, २ साउन । प्रतिपक्षी दलका सांसदहरुले बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भन्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । केही दिनअघिको अविरल वर्षाका कारण मुलुकभर ठूलो जनधनको क्षति भएको र अत्यावश्यक सेवा अवरुद्ध भएको अवस्थामा तीनै तहका सरकारलगायत विभिन्न राजनीतिक दल […]