करेन्ट लागेर नुवाकोटमा एकको मृत्यु

विदुर, ३ साउन । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ स्थित बगुवामा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ । सोही गाउँपालिकास्थित बगुवामा छिमेकीको घरको केवलको तार बनाउन बिजुलीको पोलमा चढेका सोही स्थानका ३५ वर्षीय विष्णु राईलाई करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई […]

बन्धक बनाएको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ, ४ साउन । किशोरीलाई बन्धक बनाएको आरोपमा एक भारतीय नागरिक आज पक्राउ परेका छन् । काठमाडौँ कुलेश्वर बस्ने भारत मोतीहारी घर भएका २३ वर्षीय प्रदीप कुमारलाई बन्धक बनाएको स्थानबाटै प्रहरीले पक्राउ गरेको हो । भक्तपुर सूर्यविनायक बस्ने रौतहटकी १७ वर्षीया किशोरीलाई प्रदीपले शुक्रबार दिउँसो ललाइफकाई, धम्क्याई जबर्जस्ती कुलेश्वरस्थित आफ्नो कोठामा ल्याई बन्धक बनाएको प्रहरीले […]

पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ […]

गुठीको जग्गा हडपेर बनाउन थालिएको भवनको जगै समेत भत्काए स्थानीयले (भिडियो सहित)

काठमाडौं, ४ साउन । काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी भवन संरचना बनाउन लागेका थिए । शनिवार बिहान ८ बजे पचली भैरव गुठीका परिवारले नेवार समुदायको […]

सांसदहरु बाढी प्रभावित क्षेत्रमा

धनुषा, ४ साउन । राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पु¥याउन नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतोले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरे । विस्थापितको पुनःस्थापना गर्न उहाँले सरकारसँग माग गरे […]

सर्पले डस्दा एक जनाको मृत्यु

गौशाला, ४ साउन । महोत्तरीको बर्दिवास नगरपालिका–२ मा सर्पले डस्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ४५ वर्षीय शिवनाथ महतो रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । बर्दिवास–४ मा चिया पसल सञ्चालन गर्दै आएका महतोलाई पसलमै सर्पले डसेको हो । उनको उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा मृत्यु भएको […]

क्याफेमा तास खेलिरहेको अवस्थामा ७ पक्राउ

भक्तपुर, ४ साउन । सुर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित एक क्याफेबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चिरन थापाले संचालन गरेको करण क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । क्याफेमा जुवाको रुपमा तास खेल्ने/खेलाउने गरेको बिशेष सुचनाको आधारमा शनिवार करीव ४ बजेको समयमा प्रहरीले छापा हान्दा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका […]

प्राविधिक धारको पढाई उद्घाटन गर्दै मेयर प्रसाइले भने – हरिवनमा कृषि गर्नेले गर्व गर्ने स्थिति बनाउछौं

सर्लाही, ४ साउन । हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले समृद्ध हरिवनको सपना कृषि क्रान्तिबाट पूरा हुने प्रष्ट पारेका छन् । कृषि शिक्षाको माद्यमबाट कुसल प्राविधिकको उत्पादन गरी उन्नत तरीकाले खेती गरे कृषिको उत्पादकत्व बढाउन सकिने उनले बताए । हरिवनकै पहिलो तथा एक मात्र नमुना विद्यालयको रुपमा रहेको हरिवन ८ स्थित महादेव जनता नमुना माद्यमिक विद्यालयले […]

सर्लाहीमा करेन्ट लाग्दा गयो मजदुरको ज्यान : खतरायुक्त काम गर्ने मजदुरको सुरक्षा चिन्ता

सर्लाही, ३ साउन । सर्लाहीको हरिवनमा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ । हरिवन – ११ स्थित उत्सव ग्रील उद्योगमा काम गर्ने मजदुरको ज्यान गएको हो । ज्यान जानेमा लालबन्दी- १० घर भएका ३६ बर्षिय मनोज भन्ने काजिमान बुढाथोकी रहेको प्रहरीले बताएको छ । ग्रील उद्योगमा शनिवार बिहान काम गर्ने क्रममा करेन्ट लागेर उनको […]

माधव, झलनाथ र बामदेवको जिम्मेवारी टुङ्गो, बामदेवले कसरी पाए संगठन विभाग?

काठमाडौं, ४ साउन । लामो समयको छलफलपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुको जिम्मेवारी तोकिएको छ । सो पार्टीको प्रमुख नेताहरुको बैठक बसेर नेताहरुको जिम्मेवारी टुङ्गो लगाइएको हो । नयाँ जिम्मेवारी अनुसार नेता माधवकुमार नेपालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यसैगरी अर्का नेता झलनाथ खनालले नीति अध्ययन तथा प्रतिष्ठानको जिम्मेवारी पाएका […]