सिरहामै भयो यस्तो अपत्यारिलो घटना, १८ वर्षिया युवतीले काटिन् आफ्नै लोग्नेको लिङ्ग

सिरहा । आवेशमा आएर महिलाले आफ्नै लोग्नेको लिङ्ग टोकेको, काटेको वा चोट पुर्याएको घटना विदेशतिर सुनिएकै हो तर यस्तै घटना नेपालमै घटेको छ । सिरहाको लहानमा एक महिलाले आफ्नै लोग्नेको लिंग काटी घाइते बनाएकी छिन् । लहान नगरपालिका- ३ मा १८ वर्षिया एक युवतीले आफ्नै लोग्नेको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । घरायसी […]

भरतपुरमा एक वडा एक रङ लागु गरिने

चितवन, ४ साउन । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण […]

कालोपत्रे गरेको एक महीनामै उप्कियो

गलकोट, ४ साउन । बागलुङको दक्षिण क्षेत्र जैमिनी नगरपालिकाको केन्द्र कुस्मिशेरा जाने सडक कालोपत्रे गरेको एक महीनामै उप्किएको छ । रु दुई करोडको लागतमा गुङ्दी खोला–कुस्मिशेरा सडकखण्डको १६६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महीनामै उप्किएको छ । केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकद्वारा विनियोजित रु […]

वर्षाले सडक निर्माण प्रभावित

मकवानपुर, ४ साउन । सडक दायाँबायाँ २५ मिटर फराकिलो बनाउने काम वर्षाका कारण रोकिएको छ । वर्षाका कारण विभिन्न ठाउँमा भएको सडकको अवरोध खुलाउन एक्साभेटर प्रयोग गर्नुपरेकाले डिभिजन सडक कार्यालयले सडक विस्तार अभियान रोकेको हो । गत असार २३ गतेबाट मकवानपुरको लोथरबाट सडक विस्तार शुरु गरिएको थियो । असार २६ गते रातिदेखि अविरल वर्षाका कारण […]

बुद्धका मूर्ति तोडिएकामा भिक्षु महासङ्घको विरोध

काठमाडौँ, ४ साउन । अखिल नेपाल भिक्षु महासङ्घले रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र सिद्धार्थ राजमार्गको शङ्करनगर चोकदेखि नयाँ मिलसम्म सुनियोजित तवरमा एकै पटक पाँच वटा बुद्धमूर्ति तोडफोड भएको घटनाले शान्तिकामी जनताको आस्थामा आघात पारेको जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै बुद्धको पवित्र जन्मभूमि परिसर क्षेत्रबाट हिंसात्मक गतिविधिसहित अशान्ति मच्चाउने निस्किृष्ट कार्य हुनु क्षोभपूर्ण घटनाले […]

माटाका भाँडामा लुकेको अन्तरकथा

भक्तपुर, ४ साउन । लगातार तीन दिनको झरीले भर्खरै मात्र विश्राम लिएको थियो । मध्यपुरथिमिस्थित प्राचीन बाहाखाः बजार क्षेत्रको बाटो हिलाम्मे भयो । यहाँका बाटा साँघुरा र खाल्डाखुल्डी परेर पानी जमेका थिए । सडकमा सवारी साधनको बाक्लो आवतजावतबीच मानिस आ–आफ्नो गन्तव्य जान प्रयासरत देखिन्थे । बाहाखाः ऐतिहासिक व्यापारिक केन्द्र हो । यहाँको भीमसेन चोकबाट दक्षिणमा पाँच […]

भवन निर्माण रोक्न अदालतको आदेश

मकवानपुर, ४ साउन । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले हेटौँडा–१० मा रु १० करोडको लागतमा निर्माणाधीन रहेको शैक्षिक भवनको काम नगर्न नगराउन उच्च अदालत पाटन हेटौँडाको इजलासले अन्तरिम आदेश दिएको छ । अदालतका न्यायाधीश चण्डीराज ढकालको एकल इजलासले सो आदेश दिएको हो । उक्त विश्वविद्यालयले वन विज्ञान अध्ययन संस्थान (फरेष्टी कलेज) को जग्गामा जबर्जस्ती […]

आज भारी वर्षाको सम्भावना

काठमाडौ,४ साउन । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले आज देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर अवस्थित भए पनि बङ्गालको खाडीबाट प्र्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावले देशको केही स्थानमा मध्यमदेखि […]

पाल्पामा सिंचाइको पंहुच बढाइदै

पाल्पा, ४ साउन । तिनाउ गाउँपालिकाले खेतीयोग्य जमीनमा सिँचाइको पहुँच बढाउन थालेको छ । चालू आव २०७६/०७७ देखि कृषियोग्य जमीनमा ५०० हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच बढाउन थालिएको हो । गाउँपालिका क्षेत्रभित्र सात हजार ११७ हेक्टर क्षेत्रफल कृषि खेतीयोग्य जमीन रहेको छ । जसमध्ये बाह्रै महीना सिँचाइको सुविधा भएको एक हजार ८०७ हेक्टर र वर्षायाममा मात्रै […]

मन्त्रीमण्डल तत्काल परिर्वन : पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता पौडेलले मन्त्रीमण्डल तत्काल परिर्वन गर्नुपर्ने बताएका हुन् । सरकार सुशासनको दिशामा कमजोर देखिएको स्वीकार गर्दै नेता पौडेलले त्यसै कारण पनि मन्त्री मण्डल परिवर्तन हुनुपर्ने तर्क गरे । […]