क्याफेमा तास खेलिरहेको अवस्थामा ७ पक्राउ

भक्तपुर, ४ साउन । सुर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित एक क्याफेबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चिरन थापाले संचालन गरेको करण क्याफेबाट उनीहरु पक्राउ परेका हुन् ।

क्याफेमा जुवाको रुपमा तास खेल्ने/खेलाउने गरेको बिशेष सुचनाको आधारमा शनिवार करीव ४ बजेको समयमा प्रहरीले छापा हान्दा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका जानकारी प्राप्त भएको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद ७० हजार १ सय ९५ रुपिँया सहित उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी समेत रहेका डीएसपी रेवतीरमण पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार पक्राउ परेका सातैजना अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएका छन् र उनीहरु उपर आवश्यक अनुसन्धान भैरहेको छ ।

तस्वीर : सांकेतिक

Loading...