जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु

गलकोट, ५ साउन । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा सात वर्षीय बालकको मृत्यु भएको छ । ग१ज ७१८१ नंको जिपका चालक सशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा सात वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद […]

कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा

काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]

पशुबलि रोक्न माग गर्दै शान्ति पदयात्रा

कलैया, ४ साउन । पशुबलिको विरोधमा बाराको कलैयामा आज शान्ति पदयात्रा निकालिएको छ । ‘मलाई बाँच्न देउ, पशुबलि बन्द गर’ प्लेकार्ड बोकेर उक्त पदयात्रा निकालिएको थियो । बारा महिला विकास मञ्च र पशु कल्याण सङ्घ नेपालको सहकार्यमा निकालिएको शान्ति पदयात्रा विभिन्न स्थान परिक्रमा गरी धर्मशालामा कोणसभामा परिणत भएको थियो । कार्यक्रममा पशु कल्याण सङ्घ नेपालका […]

युएइमा बेचिएका युवाको दर्दनाक कथा

काठमाडौँ, ४ साउन । सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन एक हजारबढी युवा सुन्दर भविष्यको खोजीमा विदेशिन्छन् । कोही असाध्यै कष्टका […]

सानो रकम ठुलो काम

खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटमा गठित समूहमा ४३ घर आबद्ध छन् । ती घरका सदस्यले मासिकरूपमा रु २० का दरले लेबीवापत समूहमा रकम जम्मा गर्छन् । अधिकांश दुमी राईको बस्ती रहेको बोहोरीबोटमा गठित समूहको बैठक हरेक महीनाको १ गते अनिवार्य बस्छ । बैठकमा सहभागी नहुने घरका सदस्यले अर्को महीना बसिने […]

बाढीले सामुदायिक भवन बगाएपछि दलित बस्तिको बिचल्ली

बर्दिवास, ४ साउन । महोत्तरीको भङ्गाहा नगरपालिका–२ सिङ्ग्याहीस्थित सामुदायिक भवन बाढीले बगाएपछि दलितबस्ती आश्रयबिहीन बनेको छ । गतवर्ष निर्माण गरिएको सो भवन आज रातु नदीको बाढीले बगाएको हो । यसअघि यहाँका बाढी विस्थापित सो सामुदायिक भवनमा बस्दै आएका थिए । असार अन्तिम साताको बाढीले घर बगाएपछि दलित बस्तीका २० परिवार सो भवनमा बस्दै आएका थिए […]

कालिगण्डकी करीडोरले पाँच घर जोखिममा

बलेवा, ४ साउन । बागलुङ नगरपालिका–१३ पैयूँपाटास्थित कालीगण्डकी कोरिडोरको पाँच घर जोखिममा छन् । करिडोर विस्तारका क्रममा बस्ती मुनिको जमीन कटान भएपछि स्थानीय कुलराज लामिछाने, खगराज लामिछाने, महेश्वर लामिछाने, कृष्णप्रसाद लामिछाने र दयाराम लामिछानेको घर पहिरोको जोखिममा रहेको जिल्ला दैविक प्रकोप उद्धार समितिले जनाएको छ । नेपाली सेनाले जिम्मा लिएको सो कोरिडोर विस्तारका क्रममा जोखिममा […]

मनोसामाजिक क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव

काठमाडौँ, ४ साउन । मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउनसक्ने अवस्था समेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका […]

रुद्रमतीमा झोलुङ्गे पुल उद्घाटन

काठमाडौँ, ४ साउन । रुद्रमती सफाइको २७६औँ हप्तामा रातोपुल र कालोपुलको बीच भागमा बनेको झोलुङ्गे पुल उद्घाटन गरिएको छ । प्रदेश नं ३ सरकारको रु २७ लाख २८ हजार आर्थिक सहयोगमा पुल निर्माण भएको हो । यहाँ पुल नहुँदा पैदलयात्रु रातोपुल अथवा कालोपुलसम्म घुमेर वारपार गर्न बाध्य हुनुपरेको थियो । पुल निर्माणपछि बिहान–बेलुका हिँड्न चाहने […]

पत्रकारसहित विभिन्न विधाका ६ जना पुरस्कृत

खोटाङ, ४ साउन । तुवाचुङ साप्ताहिकले आफ्नो प्रथम वार्षिक उत्सवको अवसरमा तीन पत्रकार र विविध क्षेत्रमा योगदान गर्ने अन्य तीन जनालाई पुरस्कृत गरेको छ । साप्ताहिक पत्रिकाले आज हलेसीस्थित होटल हलेसी भिलेजमा औपचारिक कार्यक्रम गरेर राससकर्मी पत्रकार केदार मगर, नागरिककर्मी पत्रकार दमन राई र कान्तिपुर टेलिभिजनकर्मी पत्रकार उत्तम चौलागार्इंलाई पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख […]