मनोसामाजिक क्षेत्रमा सुपरीवेक्षण गर्ने निकायको अभाव

काठमाडौँ, ४ साउन । मनोसामाजिक स्वास्थ्य सेवाको क्षेत्रमा अनुगमन तथा सुपरीवेक्षण गर्ने निकायको अभाव छ । जसका कारण मनोवैज्ञानिकहरुले जे जानेका छन् त्यही सीप प्रयोग गरेर मनोसामाजिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।

सुरपरिवेक्षणको अभावमा मनोचिकित्सा क्षेत्रमा कुन तरिका उपयुक्त हो भनेर खुट्याउनसक्ने अवस्था समेत नभएको सम्बद्ध जानकारले बताएका छन् । मनोचिकित्साको क्षेत्रमा देखिएका त्यस्ता समस्या हल गर्न पेशागत सुपरीवेक्षणका लागि जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँमा प्रशिक्षण शुरु गरिएको छ ।
प्रशिक्षणमा नेपाल, भारत र बङ्गलादेशका मनोवैज्ञानिक, प्राध्यापक तथा मनोसामाजिक स्वास्थ्य सेवा दिँदै आएका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्था द स्कुल अफ साईकोलोजी नेपालका अध्यक्ष नरेन्द्रकुमार ठगुन्नाले जानकारी दिए ।

नेपालमा पेशागत सुपरीवेक्षण गर्ने निकाय नभएकाले पहिलो पटक यहाँ प्रशिक्षण थालिएको र तालीम लिएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाले प्रमाणपत्र उपलब्ध गराउने ठगुन्नाले बताए ।

अष्ट्रेलियन काउन्सिलिङ एशोसियशनद्वारा मान्यताप्राप्त इण्डियन एकडेमी अफ प्रोफेसनल सुपरभिजनिङ्का संस्थापक डा वासुकीले उनीहरुलाई प्रशिक्षण दिईरहेका छन् । प्रशिक्षणका क्रममा उनले अन्य क्षेत्रको सुरपरिवेक्षण र मनोचिकित्सा क्षेत्रमा हुने सुपरीवेक्षणको बारेमा जानकारी दिँदै स्नात्तकोत्तर गरेका, प्राध्यापक, मनोविमर्शकर्ता तथा मनोविज्ञानको क्षेत्रमा काम गर्ने हरेकका लागि पनि पेशागत सुपरीवेक्षणसम्बन्धी ज्ञान हुनु जरुरी रहेको बताए ।

Loading...