इलाम, ४ साउन । कवियत्री तथा लेखक बालिका थपलिया ‘जसुदा स्मृति प्रतिभा पुरस्कार’बाट पुरस्कृत भएकी छिन । आज एक समारोहबीच उनलाई रु दश हजार एक सय एकसहित पुरस्कृत गरिएको हो ।
कविता, समालोचनालगायत विधामा कलम चलाउँदै आएकी थपलियालाई साहित्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल र इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले थपलियालाई नगद र सम्मानपत्र प्रदान गरे । भानुप्रतिमा संरक्षण तथा साहित्य संवद्र्धन समितिको कार्यक्रमको आयोजना गरेको हो ।