जीप दुर्घटनामा चालकको मृत्यु

लमजुङ, ९ साउन । बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ । सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए । सो सवारी साधनमा चालक […]

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

पाल्पा, ९ साउन । पाल्पाको तिनाउ गाउँपालिका–३, श्रीडाँडा ढुङ्गखानी नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बिहीबार आँफैले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा ३१ वर्षे बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।खानीबाट श्रीडाँडातर्फ जाँदै गरेको लु ४५ प ७८१२ […]

घरेलु तथा साना उद्योग विकास कार्यालयका खरिदार ७४ हजार घुससहित पक्राउ

काठमाडौं, ९ साउन । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखाका खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिन भन्दै घुस मागेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय दोलखाको टोलीले अधिकारीलाई ७४ हजार घुससहित रंगेहात पक्राउ गरेको हो। प्रशासनको टोलीले अन्य सेवाग्राहीबाट घुस लिएको रकमसमेत उनको साथबाट बरामद गरेको छ। रंगेहात बरामद […]

छुरा हान्ने नौ पक्राउ

भद्रपुर, ९ साउन । झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बुधबार अपराह्न ४ बजे २५/३० को समूहबीच एक अर्कामा छुरा हानाहान भएको थियो । छुरा प्रहारबाट दमक नगरपालिका–२ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको थियो भने सोही वडाका १८ वर्षीय […]

विपद्को जोखिममा वीरेन्द्रनगर

सुर्खेत, ९ साउन । पछिल्लो २४ घण्टा भित्र वीरेन्द्रनगरमा मुलुककै सबैभन्दा बढी वर्षा भयो । भीषण वर्षाका कारण वीरेन्द्रनगरका नदीनाला कटान हुनुका साथै तल्लो तटीय क्षेत्र डुबानमा प¥यो । प्रहरीले बुधबार बिहान डुबान प्रभावित पर्सेनीका ३० स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ सा¥यो । विसं २०७१ साउन २९ को झल्को दिने गरी बस्ती डुबानमा पर्दा त्रास […]

कालीगण्डकीमा पक्की पुल निर्माण,स्थानीय लाभान्वित हुने

बेझाड, ९ साउन । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका– ७ जोड्ने कालीगण्डकी नदी पुल गौरीघाटको हालैमात्र निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ । जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले विसं […]

बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास

गौशाला, ९ साउन । बाढीका कारण महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ का करिब तीन सय बासिन्दा विगत १३ दिनदेखि जनकपुर–बर्दिबास रेल चलाउनका लागि लागि निर्माण हुँदै आएको लिकमा बास बस्दै आएका छन् । असार २८ गते जिल्लाको रातु नदीमा आएको भीषण बाढीले लोहारपट्टी–५ (डठौरा) सिङ्गो गाउँ नै डुबानमा पारेपछि त्यहाँका २९६ परिवार विगत १२ दिनदेखि रेल्वे […]