512 women rescued from being trafficked at Kapilbastu border last fiscal year

Kapilbastu, July 29 , Several organisations are found keeping a watch at the Nepal-India border and checkpoints in a bid to check human trafficking. However, the trafficking incidents are not found decreasing. The Peace Rehabilitation Centre and Afanta Nepal, both based at local Krishnanagar, have been keeping a surveillance of the border areas and checkpoints […]

नेकपाको सचिवालय बैठक आज

काठमाडौँ, १३ साउन । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो । पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी […]

३६ हजार मै जापान उडान

काठमाडौं, १३ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ । आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।उक्त […]

बोनम्यारोपीडित पत्रकार शर्मालाई सहयोग जुट्दै

सुर्खेत, १३ साउन । तीन महीनादेखि बोनम्यारोबाट थलिएका पत्रकार डिलप्रकाश शर्माको उपचारका लागि सहयोग जुट्न थालेको छ । आर्थिक अभावले उपचारमा ढिलाइ भएपछि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा र शर्मा कार्यरत पत्रिकाले सहयोगको घोषणा गरेका हुन् । महासङ्घले रु ५० हजार सहयोग प्रदान गर्ने निर्णय गर्नुका साथै सेन्चुरी बैंक सुर्खेत शाखामा ०८८००००५१८ नम्बरको खाता खोलेर […]

४० वर्षपछि बल्ल सार्वजनिक शौचालय

भद्रपुर, १३ साउन । ‘हङकङ मार्केट’ भनेर चिनिँदै आएको झापाको धुलाबारीमा बजार स्थापना भएको चार दशकपछि बल्ल सार्वजनिक शौचालय बनेको छ । मेचीनगर नगरपालिका–१० मा रहेको धुलाबारी बजारको मध्यभागमा नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको साझेदारीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण भएको हो । शौचालयमा महिला र पुरुषको कोठा अलग्गै हुनुको साथै कमोडको बेग्लै कोठा […]

प्रतिनिधिसभाको बैठकमा अवरोध

काठमाडौँ, १३ साउन । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सांसदहरुले नाराबाजी गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेका छन् । प्रमुख प्रतिपक्ष काङ्ग्रेस र राजपाका सांसदले संसदीय समिति गठनको माग गर्दै आ–आफ्नो आसनबाट उठेर विरोध गरेका थिए । सभामुख कृष्णबहादुर महराले बैठकको नियमित कार्यसूचीमा प्रवेश गर्ने बताउनुभएपछि काङ्ग्रेस र राजपाका सांसद […]

आहा ! सोदु पोखरी

ताप्लेजुङ, १३ साउन । बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा थाच्यो मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन् । नजीकै कञ्चन पानीसहित छङ छङ गर्दै छाँगा झरिरहेको छ । […]

चर्को भाडाका कारण व्यवसायी पलायन हुँदै

जनकपुरधाम, १३ साउन । जनकपुरधाम उपमहानगरपालिकाका सौन्दर्य सामग्री व्यवसायी चन्दन भगतलाई गत एक वर्षदेखि पसलको भाडा तिर्न धौधौ पर्दै आएको छ ।एक वर्षअघिसम्म उहाँको व्यवसाय पनि राम्रो थियो तर नयाँ ठाउँमा पसल सार्नुपर्दा मन्द व्यापार र चर्को भाडाले गर्दा पसल नै बन्द गर्नुपर्ने अवस्था आएको छ । नयाँ पसल लिएदेखि व्यापार छैन पसलको भाडा कसरी […]

माओवादी जनयुद्धमा सामेल भएवापत १० वर्षको जेल सजाय –

माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो । यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम गुरुङ ‘शक्ति’ रहेका छन । उनलाई सैनिक आदालतले १० वर्षको जेल सजाय दिएको हो । गुरुङलाई नेपाली सेनाले गत जेठमा […]

दश प्रतिशत रकम खातामा जम्मा गरिने

बेझाड, १४ साउन । निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ । गत वर्षमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँपालिका–६ […]