दर्जनौँ बस्ती पहिरोको जोखिममा

मार्तडी, १३ साउन । बाजुरा जिल्लामा आएको लगातारको वर्षाले जताततै पहिरो बग्न थालेपछि जिल्लाका हजारौँ परिवार जोखिममा बस्न बाध्य भएका छन् ।स्थानीयवासीका घरआँगनमै पहिरो बग्न थालेपछि जिल्लाका दर्जनौँ बस्तीमा बसोबास गर्ने स्थानीयवासीलाई उठीबासको चिन्ता बढेको छ । अविरल वर्षासँगै यहाँका दर्जनाँै बस्तीहरु जोखिममा परेका छन् । नौ वटै स्थानीय तहका जनताले हरेक वर्ष पहिरोको डरले […]

कपिलवस्तुमा दुई मोटरसाइकलसहित अवैध सामान बरामद

कपिलवस्तु, १३ साउन । कपिलवस्तुको महाराजगञ्जमा रहेको इलाका प्रहरी कार्यालयले दुई मोटरसाइकलसहित अवैध समान बरामद गरेको छ । कार्यालयको गस्ती टोलीले आइतबार राति महाराजगञ्ज नगरपालिका–२ उनवलियामा छिमिकी मुलुक भारतको कोटियाबजारबाट भन्सार छली ल्याएको दुई मोटरसाइकल र रु २५ हजारको अवैध सामान नियन्त्रणमा लिएको हो । प्रहरीले केही दिनदेखि सुरक्षा व्यवस्था कडा बनाई चेकजाँच गर्र्दै आएकाले […]

जुवा खेलिरहेको अवस्थामा १० पक्राउ

कावासोती, १३ साउन । जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिका–५ बाट प्रहरीले जुवा खेल्दै गरेका दश जनालाई पक्राउ गरेको हो । गैँडाकोट–५, वैकुण्ठ टोलस्थित चुडामणि पौडेलको घरमा जुवा खेलिरहेका दश जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए। प्रहरीले गैँडाकोट घर […]

देश हल्लाएको हत्याकाण्ड:न न्याय, न अब आस !

काठमाडौं, नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रियमात्र नभई अन्तरराष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसकेको छ। हत्यामा को संलग्न थिए वा थियो, घटनास्थल कहाँ हो भन्ने अझै खुलेको छैन । वर्ष दिनको अवधिमा निर्मलाको न्यायका लागि सरकारी तवरबाट […]

गृहका २५ उपसचिवको सरुवा : साखुका जिसीले पाए सहसचिव सीडीओ हुने जिल्ला सर्लाही

गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो । आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ । गृहले सर्लाही, सुनसरी, प्युठान, मनाङ, म्याग्दी लगायतका जिल्लामा जिल्लामा सीडीओ सरुवा गरेको छ भने अन्यमा सहायक सिडियो परिवर्तन गरेको छ । सर्लाहीका प्रजिअ कृष्णबहादुर […]

‘सिएमसीमा’ चार लाखलाई सेवा

चितवन, १३ साउन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज सिएमसी मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा ओपिडी मा चार लाख ४४ बिरामीलाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिए […]

गण्डकी प्रदेशमा एक वर्षमा तीन लाख विदेशी पर्यटक

चिप्लेढुङ्गा, १३ साउन । गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क बाहिर प्राप्त भएको जनाएको छ । यसअघि पोखरामा कति […]