घरेलु उद्योगमा रु एक अर्ब लगानी

दमौली, १३ साउन । तनहुँ जिल्लामा दर्ता भएका घरेलु उद्योगमा रु एक अर्बभन्दा बढीको लगानी भएको छ ।आव वर्ष २०७५÷७६ दर्ता भएर सञ्चालनमा आएका घरेलु उद्योगमा रु एक अर्ब सात करोड ३८ लाख ७५ हजार ५५१ लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति दमौलीले जनाएको छ । सो अवधिमा एक हजार एक सय ३५ […]

पाल्पामा आत्महत्या सम्बन्धी घटना बढ्दैछ

पाल्पा – पाल्पामा हरेक वर्ष आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको छ । पारिवारिक विछोड, सामाजिक संजालको दुरुपयोग, मानसिक रोग तथा दीर्घ रोग, प्रेममा बिछोड इत्यादि कारणले पाल्पामा आत्महत्या सम्बन्धी घटनामा बृद्धि भएको प्रहरीले जनाएको छ । पछिल्लो तीन वर्षको अबधिमा पाल्पा जिल्लामा मात्रै दुई सय ३० जना बढीले आत्महत्या गरेका छन् । मानसिक रोगी, दीर्घ […]

आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड

काठमाडौँ, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिएका छन् । पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन नेफा द्वारा आज आयोजित कार्यक्रममा उनले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताए। “आजको विश्वबजारमा […]

पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

 खोटाङ, १३ साउन । जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, बाहुनीडाँडा, मङ्गलटार, राजापानीलगायत ठाउँमा अहिले मकै छर्ने काम भइरहेको जनाइएको […]

रोल्पामा जंगली च्याउले लियो एकै परिवारका ३ को ज्यान

रोल्पा, १३ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीय फुर्मली बुढाथोकी र ४ वर्षीय छोरी सुनिता बुढाथोकी र ३ वर्षीय छोरा पुष्कर बुढाथोकीको मृत्यु भएको हो । गत साउन ८ गते जंगली च्याउ खाँदा उनीसहित छोराछोरी बिरामी भएका थिए । उपचारका क्रममा भैरहवा […]

पृथ्वीराज चेमजोङ जेल चलान

काठमाडौँ, १३ साउन । नेपाल प्रहरी केन्द्रीय अनुुुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरी जेल चलान गरेको छ ।ब्यूरोको टोलीले उच्च अदालत पाटनको विसं २०७५ पुसको फैसलाअनुसार रु १० लाख ९४ हजार ५०० जरिवाना ठहर गरेका पाँचथरका ४३ वर्षीय पृथ्वीराज चेमजोङलाई आइतबार गोंगबुबाट पक्राउ गरेको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब उपरीक्षक नीरजबहादुर […]

आकाशे पुल निर्माण गर्दै कामपा

काठमाडौँ, १३ साउन । काठमाडौँ महानगरपालिकाले चाबहिल, माइतीघर, जय बागेश्वरी लगायतका स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । आकाशे पुल निर्माणका लागि ‘डिजाइन’को काम भइसकेको छ । सवारी चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको कामपाले जनाएको छ । यी स्थानमा आकाशे पुल निर्माणका लागि डिजाइन सकिएकाले छिट्टै ठेक्का सम्झौतामार्फत काम अघि […]

१३ लाख चोरी गर्ने पक्राउ

विराटनगर, १३ साउन । विराटनगर महानगरपालिको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद रु १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने […]

लाजका कारण रोग लुकाउँछन् महिला

डोटी, १३ साउन समाजमा हुने लाजका कारण आङ अर्थात् पाठेघर खसेका महिला खुलेर अस्पतालमा उपचार गराउन आउन सकिरहेका छैनन् । समाजको लाजसँगै गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश पाठेघर खसेका महिला अझै रोग लुकाएर बस्न बाध्य भएका छन् । जिल्लामा पटकपटक पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भए पनि उनीहरु गाउँ […]

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

धनगढी, १३ साउन । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् । भर्खरै रोपाइँ सकेका किसान पनि पर्याप्त पानी नभएर रोपाइँ गरिएको खेतमा […]