गएराति जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा ५ को मृत्यु २५ घाइते

सुर्खेत, १२ मंसिर । जाजरकोट कुदु नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहानै कुदुको खहरे खेला नजिक उक्त बस दुर्घटना भएको त्यहाँका स्थानीयले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति […]

राष्ट्रिय बीमा कम्पनीको सीईओ पदका लागि दरखास्त आह्वान

काठमाडौं,१२ मंसिर। राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दरखास्त आह्वान भएको छ । पदपूर्तिसम्बन्धी आज प्रकाशित सूचनामा लेखिएअनुसार ६५ वर्ष ननाघेका व्यक्तिहरुले आजको मितिबाट १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । यसअघि सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । केपी शर्मा ओली नेतृत्वको […]

काठमाडौँको मौसम धुम्म , हट्न अझै एक साता लाग्ने

मंसिर १०,काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण काठमाडौँको उपत्यकाको आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ । अरुबेला गति शिल भइरहने हावाको गति कमजोर भएपछि वायुमण्डलमा भएको चिसो हावाको तह नहट्दा आकाश धुम्मिएको हो । उपत्यकाको आकाशमा आज मध्यान्न हावाको गति मापन प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो हावाको गति […]

आफ्नै मामाको हत्या गर्ने ब्यक्ति पक्राउ

मङ्सिर १०, काठमाडौँ। आफ्नै मामाको हत्या गर्ने एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले धादिङ थाक्रे गा.पा.-४ स्थायी घर भएको वर्ष- १९ को मिलन लुङगेनी मगरले आफनै मामा धादिङ थाक्रे गा.पा.वडा नं. ४ धैरेनी स्थायी घर भई का.जि. चन्द्रागिरी न.पा. ५ किसिपिडी बस्ने वर्ष -३९ को राजु पुलामी मगरलाई कुटपिट गरि गरेको आरोपमा […]

प्रेस सेन्टर कीर्तिपुर शाखा गठन, लाय्कु दरबार यथास्थानमा पुननिर्माण गर्न माग

  काठमाडौं १० मंसिर । प्रेस सेन्टर नेपाल कीर्तिपुर शाखा गठन भएको छ । किर्तिपुर शाखाको बिहीबार भएको प्रथम अधिवेशनले रिडेन महर्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौतम महर्जन, सचिवमा त्रिलोचन प्रधान, सदस्यहरुमा अनुप श्रेष्ठ, भुपेन्द्र निरौला चयन भएका छन् । अधिवेशनले समितिलाई पुर्णता दिने अधिकार कार्यसमितिलाई प्रदान गरेको छ […]

एमालेको १०औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

काठमाडौँ । ​देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नारायणी नदी तटमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ। एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित […]

प्रधानमन्त्रीले छलफलका लागि आन्दोलनरत कानून व्यवसायीलाई बोलाए

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा मागेर आन्दोलन गरिरहेका कानून व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक महिनापछि प्रधानमन्त्रीले कानून व्यवसायीलाई छलफलका लागि बोलाएका हुन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजेका लागि बालुवाटार बोलाइएको बताए । बारले राजनीतिक दल, प्रतिनिधिसभाका सभामुख र […]

शिक्षामन्त्री पौडेल एकाएक पुगे विश्वनिकेतन मावि त्रिपुरेश्वरमा छड्के हान्न

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए ।   अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस […]

१५ मंसिरदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट […]

छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली […]