काठमाडौँको मौसम धुम्म , हट्न अझै एक साता लाग्ने

मंसिर १०,काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण काठमाडौँको उपत्यकाको आकाश धुम्मिँदा जनजीवन प्रभावित बनेको छ ।

अरुबेला गति शिल भइरहने हावाको गति कमजोर भएपछि वायुमण्डलमा भएको चिसो हावाको तह नहट्दा आकाश धुम्मिएको हो ।

उपत्यकाको आकाशमा आज मध्यान्न हावाको गति मापन प्रतिसेकेण्ड दुई मिटर मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो हावाको गति कमी हुने,वायुमण्डल चिसोमा धुवाँ उत्सर्जन हुने कार्यले वायुमण्डलमा प्रक्ष प्रभाव परि प्रदूषित हुने र तुवाँलोको मात्रा बढ्दा आकाश धुम्म हुने गरेको मौसमविद्हरुको भनाई छ ।

यो धुम्म हट्न अझै एक साता लाग्ने महाशाखाको पूर्वानुमान छ ।

आकाश धुम्मिएसँगै हवाई सेवा पनि प्रभावित बन्दै आएका छन् भने तराई र हिमाली क्षेत्रमा बढी चिसो भएका कारण जनजीवन प्रभावित बनेको छ ।

Loading...