आफ्नै मामाको हत्या गर्ने ब्यक्ति पक्राउ

मङ्सिर १०, काठमाडौँ। आफ्नै मामाको हत्या गर्ने एक ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान महाशाखाले धादिङ थाक्रे गा.पा.-४ स्थायी घर भएको वर्ष- १९ को मिलन लुङगेनी मगरले आफनै मामा धादिङ थाक्रे गा.पा.वडा नं. ४ धैरेनी स्थायी घर भई का.जि. चन्द्रागिरी न.पा. ५ किसिपिडी बस्ने वर्ष -३९ को राजु पुलामी मगरलाई कुटपिट गरि गरेको आरोपमा बिहिबार धादिङ्ग बात पक्राउ गरेको हो। पक्राउ परेका मिलनले बुधबार मामा राजुलाई कुटपिट गरि फरार भएका थिए। कुतापित्बात घाइते भएका राजुको बिहिबार उपचारको क्रममा मृत्यु भएको हो।
पक्राउ परेका निजलाई आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त थानकोट पठाईएको महाशाखाले जनाएको छ ।

Loading...