प्रेस सेन्टर कीर्तिपुर शाखा गठन, लाय्कु दरबार यथास्थानमा पुननिर्माण गर्न माग

 

काठमाडौं १० मंसिर । प्रेस सेन्टर नेपाल कीर्तिपुर शाखा गठन भएको छ । किर्तिपुर शाखाको बिहीबार भएको प्रथम अधिवेशनले रिडेन महर्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा गौतम महर्जन, सचिवमा त्रिलोचन प्रधान, सदस्यहरुमा अनुप श्रेष्ठ, भुपेन्द्र निरौला चयन भएका छन् । अधिवेशनले समितिलाई पुर्णता दिने अधिकार कार्यसमितिलाई प्रदान गरेको छ ।

पाँच बुँदे किर्तिपुर घोषणा पत्र जारी

अधिवेशनले कीर्तिपुरकाे लाय्कु दरबारलाई यथास्थानमा पुननिर्माण गर्न माग गरेको छ । अधिवेशनले पाँच बुँदे समसामयिक किर्तिपुर घोषणा पत्र-२०७८ जारी गर्दै कीर्तिपुरको चार किल्ला लोप हुने अवस्थामा पुगेकाले संरक्षण गर्न सम्बन्धित निकायसँग माग पनि गरेको छ । अधिवेशनले स्वबासी बेनिसा भएका रैथाने नागरिकलाई लालपुर्जा वितरण गर्न समेत माग गरेको छ ।

अधिवेशनले साना लगानीमा नगरपालिकाभित्र सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक ढंगले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन माग गरेको छ भने प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण ग्यारेण्टीको माग समेत गरेको छ ।

Loading...