शिक्षामन्त्री पौडेल एकाएक पुगे विश्वनिकेतन मावि त्रिपुरेश्वरमा छड्के हान्न

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए ।
 
अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस विद्यालयमा करिब ३ हजार ७ सय विद्यार्थी अध्ययनरत छन्।
 
मन्त्री पौडेलले विद्यार्थीहरुलाई के कस्ता समस्या छन् भनेर सोधका समेत थिए । देशको भविष्य निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलवाड हुन नहुने मन्त्री पौडेललको भनाइ छ ।
 
मन्त्री पौडेलल शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरी नमुना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै मन्त्री पौडेलले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरेका छन् ।
 
एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका यस विद्यालयका विद्यार्थी आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाइ समेत दिएका थिए ।
 
मन्त्री पौडेलले झासँग फोनमा कुरा गर्दै भने, ‘सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ । शिक्षाको निम्ति आवश्यक पर्ने कुरामा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ ।’
 
विश्वनिकेतन माविमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा लगायत विभिन्न संकायको पढाई हुन्छ । साथै यस विद्यालयमा कक्षा ९ मा इलेक्ट्रिक इन्जिनियरिङ अध्यापन गराइने विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले जानकारी दिए । देशभरका अब्बल सार्वजनिक विद्यालयहरुमा विश्वनिकेत माविको नाम पनि आउँने गर्दछ ।
Loading...