पर्यटकको गन्तव्यस्थल बन्दै ‘आँधिमूल’

तनहुँ, १९ साउन । तनहँुको आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित ‘आँधिमूल’ पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै गाउँपालिकाले विकास निर्माणको कार्य थालेपछि पर्यटकको आर्कषण बढ्दै गएको हो ।तनहुँको धार्मिक पर्यटकीय सम्भावना बोकेका स्थलमध्ये आँधिमूल पनि एक भएकोले यहाँको पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारले मात्र नभई स्थानीय तहले […]

डुङ्गा दुर्घटना २५ को मृत्यु, ६ बेपत्ता

फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुङ्गा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ । इलोइलो र गुईमारासमा शनिबार तीनवटा डुङ्गा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ । इलोइलोबाट गुईमारासतर्फ गइरहेका बेला आँधी आएपछि […]

बाघमारामा फस्टाउँदै लहरे तरकारी

पोखरा, १९ साउन । चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रसिद्ध थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो ।“यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे”, “करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले […]

कर्णाली प्रदेशका सात जिल्लामा खाद्य सङ्कट

वीरेन्द्रनगर, १९ साउन । कर्णाली प्रदेशका सात जिल्ला वर्षेनी खाद्य सङ्कट हुन्छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा स्थानीय उत्पादनले तीन महीना पनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य सङ्कटको समस्या हुने गरेको हो । दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु खाद्य असुरक्षाको जिल्लामा पर्छ । उक्त प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका […]

प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना हुँदै

परासी, १९ साउन । महामानव गौतमबुद्धको अस्तुधातु रहेको प्राचीन रामग्राम स्तूप प्रवद्र्धनका लागि बौद्ध सङ्ग्रहालय स्थापना गरिने भएको छ । पश्चिम नवलपरासीको रामग्राम–७ स्थित रामग्राम स्तूप क्षेत्रमा प्रदेश ५ सरकारले स्थापना गर्ने उक्त सङ्ग्रहालयका लागि प्रक्रिया पनि शुरु गरिएको छ । प्रदेश सरकारले चालू आव को बजेटमा उक्त स्तूपमा बुद्धकालीन सङ्ग्रहालय स्थापना गर्ने घोषणा गर्नाका […]

दलित समुदायको पु्ख्यौलि पेशा सङ्कटमा

काठमाडौँ, १९ साउन । रामेछापका कुलबहादुर विश्वकर्माले आरनको काम गर्न छाडेको दुई वर्ष भयो । ६५ वर्षीय कुलबहादुरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्ने कोही छैन । आरन पेशामा आम्दानी नदेखेपछि उनका दुई भाई छोराले त्यो पेशामा हातै हालेनन् । कुलबहादुरको जेठो छोरा रमण विश्वकर्मा अहिले वैदेशिक रोजगारीमा विदेश आउने जाने […]

ठमेलस्थित छायाँदेवी कम्प्लेक्स बिरुद्द गुथियार, स्थानीय बासीको प्रदर्शन

श्रावन १९ ,काठमाडौँ । भूमाफियाको मिलेमतोमा काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीय तथा सम्पदा अभियानताले प्रदर्शन गरेका छन् । नेवाः राजनीतिक अभियानको आयोजनामा आइतबार इन्द्रचोकबाट विरोध र्‍याली निकाल्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको छ । नागरिक अगुवाहरुले कोणसभालाई सम्बोधन गर्दै ऐतिहासिक र पुरातात्विक महत्वरहेको को सार्वजनिक सम्पदा अतिक्रमण […]

पहिरो खसेपछि सडक अवरुद्ध

पाल्पा, १९ साउन । पहिरोले रामपुर आर्यभञ्ज्याङ सडकखण्डअन्तर्गत बेलडाँडा बहखोला सडक अवरुद्ध बनेको छ । बहखोला बेलडाँडा सडकखण्डको गिजिनडाँडामा माथिबाट पहिरोसहित रुख खसेपछि सडक अवरुद्ध बनेको हो । शनिबार राति करीब ९ बजेको समयमा एक्कासी पहिरो खसेपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आउन सकेको छैन । आज बिहान ७ बजेदेखि सडक खुलाउन डोजर प्रयोग गरिरहेको […]

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

  चिप्लेढुङगा, १९ साउन, नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद साग अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् ।   उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिदै राष्ट्रिय गौरव बढाउन […]