श्रावन १९ ,काठमाडौँ । भूमाफियाको मिलेमतोमा काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायाँदेवी कम्प्लेक्स बनाइएको भन्दै स्थानीय तथा सम्पदा अभियानताले प्रदर्शन गरेका छन् ।
नेवाः राजनीतिक अभियानको आयोजनामा आइतबार इन्द्रचोकबाट विरोध र्याली निकाल्दै ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको छ ।
नागरिक अगुवाहरुले कोणसभालाई सम्बोधन गर्दै ऐतिहासिक र पुरातात्विक महत्वरहेको को सार्वजनिक सम्पदा अतिक्रमण भएको भन्दै त्यसलाई पुनः सार्वजनिक सम्पदाकै रुपमा काम गर्न माग गरेका छन्।
सहभागी अभियानता ,सिहसर्थ बाहु गुठीका गुथियार, स्थानीय बसी सरकरकारी निकाय तथा काठमाडौं महानगरपालिका मौन बसेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए।
‘हाम्रो पुर्खाका नाउमा रहेको गुठीकाे उक्त जग्गा विभिन्न चलखेल गरि भूमाफियाले मिलोमतो गरि बिरोधका बाबजुद सो कम्प्लेक्ष बनाइएको छ । ” स्थानीय गुथियार तथा अभियानता भागवत नरसिंह प्रधानले बताए ।