तीज भड्किलो नबनाउन अपिल

काभ्रेपलाञ्चोक, २३ साउन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको […]

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

हेटौँडा, २३ साउन । प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा प्रदेशसभामा समाचार सङ्कलन गर्ने सञ्चारकर्मीले समस्या भोग्नुपरेकाले मिडिया सेन्टर स्थापना गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ […]

बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि सिङ्गो गाउँ अन्धकारमा

बलेवा, २३ साउन । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो । आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, […]

छोराछोरीसहित नारायणीमा पसेकी निर्दयी आमाले लिइन् अबोध बालबालिकाको ज्यान

आफ्नो छोराछोरीसहित नारायणी नदीमा हामफालेकी एक निर्दयी आमा बाचेकी छन् तर घटनामा अबोध बालबालिकाको ज्यान गएको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ की २४ वर्षिया सुधा विश्वकर्मा छोराछोरीसहित नारायणीमा हाम फालेकी थिइन् । विश्वकर्मालाइ स्थानीयले बग्दै गर्दा उद्धार गरेका थिए तर उनका १ छोरा र १ छोरीले ज्यान गुमाएको प्रहरीले जनाएको छ । विश्वकर्माका साढे दुई […]

भूगर्भविद्को निष्कर्ष: गुल्मीको ठूलोलुम्पेक गाउँ नै जोखिममा रहेको

गुल्मी – २३ साउन गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेक बस्ती पहिरोको दीर्घकालीन जोखिममा रहेको भूगर्भविद्ले बताएका छन् । उक्त ठाउँमा आवास क्षेत्र बनाउन नमिल्ने देखिएको भूगर्भविद्को भनाइ छ । खानी तथा भूगर्भ विभागबाट अध्ययनका लागि गएको टोलीले गाउँ जोखिमपूर्ण अवस्थामा रहेको जनाएको छ । विभागका राजेन्द्र आचार्य र सुलभ कायस्थको टोलीले शनिबारदेखि पहिरो प्रभावित गाउँमा पुगेर […]

एक वर्षदेखि तलब नपाएको भन्दै शिक्षकले नै गरे विद्यालयमा तालाबन्दी

जाजरकोट, २३ साउन। शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ मा रहेकाे पञ्चभयार माध्यमिक विद्यालयमा निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् । तालाबन्दीले तीन दिनदेखि विद्यालयमा पढाइ अवरुद्ध भएको छ । निजी स्रोतबाट राखिएका शिक्षक रविन्द्र खत्री, मीना बुढा, इन्द्र खत्रीले एक वर्षदेखि […]

शुल्कवृद्धि खारेजीको माग गर्दै विश्वविद्यालयमा तालाबन्दी

२३ साउन, सुर्खेत । तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् । विभिन्न माग राख्दै तीन दिनयता स्वतन्त्र विद्यार्थी युनियन र संयुक्त विद्यार्थी सङ्गठनले ताला लगाएका छन् । उपकुलपतिको कार्यालय, […]

शिक्षक दरबन्दी पदस्थापनको जिम्मा अब पालिकालाई

२३ साउन, काभ्रे । शिक्षकसेवा आयोगबाट उत्तीर्ण भई जिल्लामा पठाइएको शिक्षकको दरबन्दी पदस्थापन गर्ने जिम्मा स्थानीय तहहरुलाई दिइने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेपलाञ्चोकले स्थानीय तहका प्रमुखसँग बुधबार धुलिखेलमा आयोजना गरिएको ‘शिक्षक पदस्थापन गरिने दरबन्दी’ विषयको छलफलमा स्थानीय तहका प्रमुखहरुले समन्वय एकाइबाट नभई त्यसको जिम्मा स्थानीय तहलाई दिइनुपर्ने आवाज उठाएपछि सो निर्णय […]

बहुविवाह गर्ने जोडी पक्राउ

भोजपुर, २२ साउन । जिल्ला प्रहरी कार्यालय भोजपुरले बहुविवाह गर्ने दुई जोडीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले अरुण गाउँपालिका–४ चरम्बीका २६ वर्षीय टङ्क विक र कान्छी श्रीमती बनेर आउने १९ वर्षीय वसन्ती विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । उनीहरुलाई टङ्ककी जेठी श्रीमती अमृता विकको जाहेरीपछि झापाबाट पक्राउ […]

बाघले मा¥यो २१ बाख्रा, एक जना गम्भीर घाइते

ओखलढुङ्गा, २२ साउन । ओखलढुङ्गाको पलापुमा बाघले बाख्रा मारेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका– १ र २ मा पर्ने पलापुमा तीन दिनमा बाघले २१ वटा बाख्रा मारेको हो । आज बिहान स्थानीय मसली मायाको नौ वटा खसीबोकासहित नौ वटा बाख्रा मारेको छ । यसअघि मंगलबार पलापुकै झलकबहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा […]