गुल्मी, २६ साउन । जिल्लाको सत्यवतीका गाउँपालिकामा पहिरोले घरबासविहीन भएका परिवारको पुनर्वासको जिम्मा ५ नं। प्रदेश सरकारले लिने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले भूगर्भविद्को प्रतिवेदन, पहिरोले बस्नै नमिल्ने गरी भत्किएका घरपरिवार र प्रदेश सरकारको अध्ययन टोलीले दिने प्रतिवेदनका आधारमा वास्तविक पीडित पहिचान गरी पुनर्वासका लागि पहल गर्ने बताए । प्रभावित गाउँका नेकपाका नेताको प्रतिनिधि मण्डल […]
समाचार
छोरा राहुललाई पछाडि हटाएर भारतीय कांग्रेसको अध्यक्षमा फेरि सोनिया गान्धी
काठमाडौैं । भारतीय कांग्रेसको अध्यक्ष फेरि सोनिया गान्धी बनेकी छिन्। यससँग भारतीय कांग्रेसको नेतृत्व फेरि पनि गान्धी परिवारमै रहने विरासत कायमै रहेको छ । यसअघि पनि सोनिया लामो समय पार्टीको अध्यक्ष थिइन । पछिल्लो समय उनले छोरा राहुललाई जिम्मा लगाएर निस्कृय भएकी थिइन । छोरा राहुल गान्धीले गत निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि पदबाट राजीनामा […]
लाखेनाच प्रदर्शन
खोटाङ, २६ साउन । छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो […]
विद्युत उपकरण धमाधम चोरी हुँदै
डोटी, २६ साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको […]
नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ
काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]
लोकसेवाले निकाल्यो दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५२६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ३४५ […]
लोकसेवाद्वारा स्थानीय तहका वातावरण निरिक्षक पदको नतिजा प्रकाशन (पूरा नतिजासहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन १३ गते सञ्चालन गरेको छैटौ तह वातावरण निरिक्षक पदको नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १२ दिनमै नतिजा प्रकाशन गरेको हो । आयोगका अनुसार प्रथम चरणमा वातावरण निरिक्षक पदका लागि २० जना परीक्षार्थीले परीक्षा दिएका थिए । उक्त लिखित परीक्षामा सहभागी […]
लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १०३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ५९ […]
सुनकोशीमा डुबेर एक महिलाको मृत्यु
सिन्धुली, २५ साउन । आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी […]
हराइरहेका मजदूरको शव फेला
धादिङ, २५ साउन । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय […]










