बगनासकालीलाई खरको छानोरहित बनाइँदै

बेझाड, ३२ साउन । पाल्पाको बगनासकाली गाउँपालिकालाई अबको चार महीनाभित्र खरको छानोरहित गाउँपालिका बनाइँदैछ । गाउँपालिका भित्रका खरका छाना भएका सबै घरमा जस्तापाता लगाउने काम सम्पन्न गर्ने योजना छ । उक्त अभियानअन्तर्गत गाउँपालिकाका २४२ खरका छाना भएका घर जस्तापाताले छाउने काम अन्तिम चरणमा पुगेको छ । चालू आर्थिक वर्षमा १०६ घरमा जस्तापाता हाल्न गाउँपालिकाले ३९ […]

बालविवाह विरुद्ध कचहरी

राँझा, ३२ साउन । बाँकेका ग्रामीण बस्तीमा बालविवाह र महिला हिंसा न्यूनीकरणका लागि कचहरी नाटकद्वारा अभियान सञ्चालन गरिएको छ । पछिल्लो समयमा बालविवाह र महिला हिंसा तथा मानव बेचविखनका घटना बढ्दै गएपछि स्थानीयस्तरमा कचहरी नाटकले प्रभावकारी भूमिका खेलेको पाइएको छ । अभियानकर्मी कृष्ण गिरीका अनुसार महिला र बालबालिका हिंसा अन्त्यका लागि कचहरी नाटक ‘अति भो’ […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकबीच झडप, पाँच प्रहरी घाइते

चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्‍याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका […]

मध्यराति फर्निचर उद्याेगमा आगलागी हुँदा ६५ लाखको क्षति

घोराही, ३२ साउन । दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करीब रु ६५ लाखको क्षति भएको छ । उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ । “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने । विद्युत् सर्ट हुँदा आगलागी भएको हुन […]

असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम

कावासोती, ३२ साउन । नवलपरासी पूर्वनवलपुरको कावासोती नगरपालिकाले असहाय बालबालिकालाई सामाजिक सुरक्षा रकम प्रदान गरेको छ । नगरपालिकाभित्रका अभिभावक विहीन बालबालिकालाई उक्त वितरण गरिएको हो । बुबाआमा गुमाएका बालबालिकाको संरक्षणसँगै उनीहरुको शैक्षिक र स्वास्थ्य अवस्था सुधारका लागि सामाजिक सुरक्षा रकम प्रदान गरिएको नगरप्रमुख चन्द्रकुमारी पुनले बताए । शुक्रबार १५ असहाय बालबालिकालाई जनही रु पाँच हजारका […]

व्यापक बन्दै एक नेपाली, एक फलफूलको बिरुवा अभियान

काठमाडौं । पर्यावरणीय सन्तुलन तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत असारसम्ममा ४५ लाख हाराहारी बिरुवा रोपिएको छ । अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोप्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर अभियान शुरु गरे। त्यसबेला प्रधानमन्त्रीले […]

मुख्यमन्त्री गुरुङ भन्छन ‘जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति’

पोखरा, ३२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन । नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा शुक्रबार आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने […]