म्याग्दी, १ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए । सबैभन्दा धेरै […]
समाचार
बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै
नेपालगञ्ज, १ भदौ । नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारीले बताए । यसका लागि अव्यवस्थितरुपमा रहेको मन्दिर क्षेत्रको बाहिरी १७ […]
करेन्ट लागेर एकको मृत्यु
भरतपुर, १ भदौ । भरतपुर महानगरपालिका–११ अमनचोकमा शनिबार साँझ पानी तान्ने मोटरमा करेन्ट चुहिएर पर्सा पोखरीया नगरपालिका–३ घर भएका ३१ वर्षीय अनरजित मुखियाको मृत्यु भएको छ । भरतपुरमा मजदुरी गर्दै आएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ
लागुऔषधसहित दुई पक्राउ
लहान, १ भदौ । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना नखुलेका २७ वर्षीय विजयकुमार पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सीमावर्ती प्रहरी […]
गृहमन्त्रीले भेटे रवि लामिछाने
आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले रविसंग भेट गरेका छन् । रविलाई भेट्न उनी चितवन पुगेका हुन्। शनिवार चितवन पुगेका छायाँ सरकारका […]
महानगरपालिकाले बुद्ध विहार बनाउन गरे १ करोड अनुदान
श्रावण ३२ , काठमाडौं । भृकुटीमण्ड बुद्ध विहार पुनःनिर्माणका लागि काठमाडौं महानगरपालिकाले १ करोड रुपैयाँ अनुदान दिएको छ । विहार पुनःनिर्माण कार्यलाई तीब्रता दिने उदेश्यले उक्त रकम महानगरपालिकाले प्रदान गरेको हो । विभिन्न दाताहरुको सहयोगमा एक वर्ष अघिदेखि सो विहारको पुनःनिर्माण कार्य भइरहेको छ । शनिबार राजधानीमा आयोजित एक समारोहकाबीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण […]
प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’
काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]
अबदेखि सरकारी सेवाको उमेर हद ६० वर्ष
काठमाडौं, ३१ साउन । सरकारले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको छ। मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर […]
अब शिक्षकको तलब सुविधा निजामतिको भन्दा बढी हुने
काठमाडौं । सरकारले अब शिक्षकको तलव तथा सेवा सुविधा निजामति कर्मचारीको भन्दा बढी बनाउने भएको छ । शिक्षा मन्त्रालयले तयार गरी मन्त्रिपरिषदमा पुगेको नयाँ राष्ट्रिय शिक्षा नीतिको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । स्रोतका अनुसार मस्यौदामा विद्यालयको नेतृत्वलाई थप अधिकार र सेवा सुविधा दिई शिक्षण पेशालाई स्तरिकरण गर्ने भएको छ । नयाँ प्रस्तावित नीतिमा इसिडी शिक्षक […]
जग्गा अतिक्रमण सह्य हुँदैन : मन्त्री अर्याल
काठमाडौँ, ३२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएकी छिन् । गुठी संस्थानले पोखराको तालबाराही समिधा गुठीको जग्गा तीनवटै तहको सरकारलाई जानकारी नै नगराई भाडामा […]











