अबदेखि सरकारी सेवाको उमेर हद ६० वर्ष

काठमाडौं, ३१ साउन । सरकारले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने भएको छ। संसदको समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको छ।

मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था थर्न लागिएको हो। हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ।
मुलुकको औषत आयु बढेको, कर्मचारीको कार्य क्षमता स्तर बढेको भन्दै उमेर हद बढाउन लागिएको हो । उमेर बढाउने विषय बेलाबेलामा चर्चामा आएपनि अहिले संसदमा सहमति जुटेको हो । निजामति सेवामा उमेर हद बढाउन चलखेल हुने गरेको बताइन्छ ।

Loading...