लागुऔषधसहित दुई युवक पक्राउ

लहान, ५ भदौ । प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–८ का २५ वर्षीय राहुल साह र सोही ठाउँका १८ वर्षीय बिकल पञ्जियार रहेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध १६ ट्यावलेट नाइट्रोभेट ट्याबलेट बरामद भएको […]

पोस्टमार्टम र विधिविज्ञान प्रयोगशालाको रिपोर्ट जुधेपछि पुडासैनी मृत्युको अनुसन्धान झनै लम्बियो, रविलाई अझै म्याद थपिने

काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

रसुवा, ५ भदौ । मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ । स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए । जिल्ला ट्राफिक […]

अवैधरूपमा बालुवा निकासी गर्ने ट्र्याक्टर प्रहरी नियन्त्रणमा

खोटाङ, ५ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो । बालुवा लिएर आउँदै गरेको अवस्थामा प्रहरीले ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५, […]

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

भीमफेदी, ५ भदौ । कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ । सानोटार विद्युत्गृहमा अहिले […]

बसपार्कस्थित होटलको कोठा नं. १११ मा एक जोडी रहस्यमय मृत भेटिए

काठमाडौं । बालाजुको नयाँ बसपार्कमा रहेको एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै रहेको मोरङ पर्वत गेस्ट हाउसमा भेटिएका उनीहरुको मृत्यु रहस्यमय ठानिएको छ । मृत भेटिनेमा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं हुन् । उनीहरु दुबै जना होटलको कोठा नं. १११ […]

शिक्षामा महत्वाकांक्षी राष्ट्रिय शिक्षा नीति पारित

काठमाडौं । राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । समयक्रमसँगै भएका राजनितिक, सामाजिक परिवर्तन र त्यसवाट राष्ट्रिय विकासमा परेका प्रभावहरू अनुरूप शिक्षा क्षेत्रको विकास र शासन प्रवन्धको लागि पनि स्वभावैले शिक्षा नीतिको परिमार्जन आवश्यक भएको […]

ट्राफिक नियममा कडाई र दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता : सर्लाही ट्राफिक प्रहरी प्रमुख

सर्लाही, ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक सूर्य नारायण यादवले आफ्नो कार्यकालमा ट्राफिक नियमलाई कडाईका साथ लागू गरिने र सडक दुर्घटना न्युनिकरण गरिने प्रतिवद्धता प्रकट गरेका छन् । ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । भर्खरै कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख यादवले […]

१२ महिलासहित रवि लामिछानेका २३ समर्थक विरुद्ध प्रहरीले दायर गर्यो मुद्दा

चितवन । प्रहरीले रवि लामिछानेका २३ जना समर्थक विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । लामिछानेको गिरफ्तारी विरुद्ध चितवनमा प्रदर्शनमा गर्दा उग्र स्वभाव देखाएको र उच्छृङखल गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दता गरेको हो । प्रहरीले २३ जनालाई नै पक्राउ गरिसकेको छ । चितवनको भरतपुरमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला […]

गोँगबुको होटलमा एक जोडि मृत फेला

काठमाडौँ, ४ भदौ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् । महानगरीय […]