राँझा, ९ भदौ । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ । चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए […]
समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ९ भदौ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो […]
निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनका लागि कानून निर्माणमा जोड
काठमाडौँ, ९ भदौ । आवश्यक कानून समयमै बन्न नसक्दा संविधानले व्यवस्था गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको सरोकारवाला निकायका जानकारहरुले बताए । प्रजनन स्वास्थ्य अधिकार विषयमा कार्यरत संस्था ‘महिला, कानून र विकास मञ्च’ एफडब्लुएलडी र ‘आइपास नेपाल’ले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तक्र्रियामा उनिहरुले कानूनी अभावमा महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको भन्दै […]
स्याङ्जामा डेङ्गुका एक बिरामी
वालिङ, ९ भदौ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे । गत बिहीबार […]
हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब
हुम्ला, ९ भदौ । हुम्लाका स्थानीय तहका कर्मचारीले हाजिर नगरी तलब खाँदै आएका छन् । हरेक दिन अर्काको काम गरेर आफ्नो ज्याला बुझने कामदारले पनि आफूले काम गरेको हाजिरी नगरी घर फर्किँदैनन् । साहुले समेत कामदारलाई भनेकै समयभन्दा बढी काममा लगाउँछन् । तर हुम्लाका स्थानीय तहमा खटिएका कर्मचारी भने स्वयं हाजिर नै नगरी वर्षभरिको तलबभत्ता […]
दशगजाका सीमास्तम्भ धेरै हराइसके, केही जीर्ण, तर छैन चासो सरकारलाई
बाँके, ९ भदौ । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन […]
उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो
अछाम, ९ भदौ । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३।४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै […]
कृषि र पर्यटनले स्याङ्वासीको विदेशीनेक्रम रोकिँदै
स्याङ गाउँ मुस्ताङ, ९ भदौ । आँखै अगाडि निलगिरि र धवलागिरि हिमाल, प्रकृतिले कुँदिएका विभिन्न मनोरम छटा । यो देख्दा कसको पो मन प्रफुल्ल हुँदैन होला । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित स्याङ गाउँ प्रकृति र संस्कृतिमा निकै धनी छ । हेरौँहेरौँ लाग्ने हिमाली दृश्यका साथै कालीगण्डकी किनारमा उब्जाइएका खेतीबाली र स्याउका बगैँचा हेर्दै […]
युवराज कँडेलको अदालतमा बयान शुरु
चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ परेकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो । चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी […]
भोटेकोशी जलविद्युत् आयोजना सुरुङ निर्माण ७५ प्रतिशत
चौतारा ९ भदौ । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।भोटेकोशी गाउँपालिका– ५ मार्मिङस्थित भोटेकोशी र चाकु खोला दोभानदेखि बाह्रबिसे नगरपालिका– १ जम्बुस्थित विद्युत् गृहसम्मको सात हजार १२४ मिटर सुरुङ मार्गमध्ये हालसम्म पाँच हजार ३०० मिटर सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले जानकारी दिए । […]











