सरकारले गर्यो प्राविधिक विद्यालय थप नगर्ने निर्णय

काठमाडाैं, २९ माघ । शिक्षा मन्त्रालयले प्राविधिक विद्यालय थप नगर्ने भएको छ । कक्षा १२ सम्मको विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको र कार्यक्रम तथा बजेट नभएका कारण मन्त्रालयले नयाँ प्राविधिक विद्यालय थप नगर्ने भएको हो । शिक्षा विभागका निर्देशक केशव दाहालले प्राविधिक कक्षा थप गर्न माग धेरै आए पनि नयाँलाई स्वीकृति दिन नसक्ने […]

जापानी राजकुमारीको विवाह दुर्इ वर्ष सारिएपछि जापानमा ठूलो चर्चा

टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट […]

चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]

एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु

मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]

मेरै पालामा पुनर्निर्माणको काम सम्पन्न हुन्छ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी सम्हालेदेखि हजुरले के के काम गर्नुभयो ? म यस राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सिइओ भएर आउँदा पहिलो किस्ता वापतको ५० हजार रुपियाँ अधिकांश स्थानमा वितरण भइसकेको थियो । तर गाउँ गाउँमा प्राविधिक उपलब्ध नहुँदा पीडितहरुले सरकारले तोकिदिएको मापदण्ड अनुसारको घर बनाइरहन सकेका छैनन् । दोस्रो किस्ताको लागि इन्जिनियर उपस्थिति अनिवार्य हुन्छ । […]

उत्तर कोरियाले सैनिक दिवस मनाउन लाग्दा अमेरिका किन आत्तियो ? किमले पठाए आफ्नी बहिनीलार्इ पहिलो पटक दक्षिण कोरिया

काठमाडौं, २५ माघ । उत्तर कोरियाको सेनाले अाज सैन्य दिवस मनाइरहेको छ । हरेक वर्ष फेब्रअरी ८ मा उसले सेना दिवस मनाउँदै अाएको छ । यो वर्ष शीतकालीन ओलम्पिक गेमको पूर्वसन्ध्यामा उत्तर कोरियाली जनमुक्ति सेना सडकमा निस्केको हो । उत्तर कोरियाको विरोधमा रहेका देशहरुले परेड रोक्न अाग्रह गरेका थिए तर उसले सेना दिवस भएको बताउँदै […]

सरकारी अड्डा आर्थिक अपारदर्शीका अखडा

काठमाडौं, २५ माघ । पहाडी र हिमाली जिल्लाका सरकारी कार्यालयमा व्यापक आर्थिक अपारदर्शिता रहेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा शतप्रतिशत कार्यालयमा आर्थिक पारदर्शिता अभाव रहेको भेटिएको हो।  महालेखाले मुलुकका पहाडी र हिमाली क्षेत्रका ४७ जिल्लाका ३ हजार दुई सय सरकारी कार्यालयको लेखा परीक्षण गर्दा एउटै कार्यालय पनि आर्थिक रूपमा क्लिन र पारदर्शी […]

राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा अनुसन्धान गरिदै

काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण कोरिया लाने गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]

प्रदेश जान मान्दै मानेननन् कमाउ अड्डाका कर्मचारी

काठमाडाैं, २५ माघ – सरकारले प्रदेशमा सरुवा गरेका कर्मचारीमध्ये केहीले सरुवा रोक्न विभिन्न तहबाट दबाब दिन थालेका छन् ।  सामान्य प्रशासन मन्त्रालय स्राेतका अनुसार कमाउ अड्डा भनेर चिनिएका यातायात, वैदेशिक राेजगार, श्रम, मालपाेतलगायतका कार्यालयमा कार्यरत कर्मचारीले अाफ्नाे सरुवा राेक्न दबाब दिन थालेका हुन् । सामान्य प्रशासन मन्त्रालयले भने निर्णयबाट पछि नहट्ने जनाएकाे छ । सामान्य […]

६ करोडको लागतमा निर्मित नमूना बस्ती धुर्मुस सुन्तलीले हस्तान्तरण गरे

रौतहट, २४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरेकी छिन् । मंगलबार रौतहटको चन्द्रपुर–८ सन्तपुरमा निर्माण सम्पन्न भएको एकीकृत नमुना बस्तीको उद्घाटनपछि राष्ट्रपतिले साँचो हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको अनुकरणीय कामको आफूले मात्र नभई देशले नै प्रशंसा गरेको बताइन् […]