कटवालले भने, ‘प्रचण्ड महा कुराैटे र भराैटे हुन, उनलार्इ पेलेर लानुपर्छ’

काठमाडौँ, ५ फागुन । नेपाली सेनाको पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवालले केही दिन पहिला एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अहिले आएर भाइरल भएको छ । नेपाली सेना राजनीतिक भन्दा टाढा भएको संस्था हो तर कटवाल पदमा बहाल हुँदा नै राजनीतिक अभिव्यक्ति दिँदै आएका थिए । विभिन्न संचारमाध्यम र सार्वजनिक कार्यक्रममा कटवाल नेताहरुप्रति कडा टिप्पणी गर्दै आएका छन् । […]

इन्टरनेटका कारण पछिल्लो समय बालबालिका साइबर कुलतबाट नराम्ररी प्रभावित

काठमाडौं, ५ फागुन । तपाईँका छोराछोरी पढ्न छोडेर कतै एकान्तमा बसेर एकोहोरो मोबाइल, आइप्याड, तथा ट्याब चलाउने त गर्दैनन् ? यदि त्यसो गर्छन् भने हाशियार ! साइबर कुलतमा फस्लान् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालप्रतिको बढ्दो आकर्षण र इन्टरनेट सुविधाको सुलभ तथा सहज महुँचका कारण नेपाली बालबालिका साइबर कुलतबाट नराम्रोसँग प्रभावित भएको पाइएको छ । […]

यस्तो छ केपीको सरकार विस्तार गर्ने योजना

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री ओली माओवादीसँग पार्टी एकता र शक्ति बाँडफाँड टुंगिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा छन् । अहिलेसम्म शक्ति बाँडफाँडबारे ठोस प्रस्तावसहित कुराकानी नभएकाले पहिले प्रचण्डसँग एकताका बाँकी विषय र शक्ति बाँडफाँडमा केन्द्रित रहेर छलफल गर्ने योजनामा प्रधानमन्त्री देखिएका हुन् । पार्टी एकतासँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष, […]

नवराज सिलवालले देउवालाई दिए कडा प्रतिक्रिया

काठमाडौं, ४ फागुन । लामाे समयदेखि लुकेर बस्दै अाएका पूर्व डिअार्इजी तथा एमाले सांसद नवराज सिलवालले शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । ललितपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका सिलवालले देउवालार्इ अाफ्नाे स्वार्थका लागि जे पनि गर्न तयार हुने अधिनायकवादीकाे संज्ञा दिएका छन् । देउवाकाे बहिर्गमनलार्इ टिप्पणी गर्दै सिलवालले देशले अधिनायकवादी शासनबाट मुक्ति पाएको बताएका छन […]

सरकारी स्वास्थ्यकर्मीको तलब अहिले पाइरहेकाेबाट २ सय ५० प्रतिशतले बृद्धि

काठमाडाैं, ३ फागुन । सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ । निजामती कर्मचारीको जस्तो सेवा–सुविधाका आधारमा स्वास्थ्यकर्मीले काम गर्न नसक्ने भन्दै सरकारले स्वास्थ्यकर्मीको पारिश्रमिक ५० देखि २ सय ५० प्रतिशतसम्म वृद्धि गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयद्वारा गठित उपसमितिले सुगममा ५० र दुर्गममा काम गर्ने स्वास्थ्यकर्मीको हकमा २ सय ५० प्रतिशतसम्म […]

गुफाको प्रचार गरी पर्यटक तान्ने गाउँको योजना

होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]

स्कूलका प्रअले गरे आफ्नै छात्रासँग जबरजस्ती अनैतिक कार्य, बालिकाको रहस्यमय मृत्यु

काठमाडौ, २ फागुन । हुम्ला नाम्खा गाउँपालिकाकी छात्रा सिचुडोमा लामाको रहस्यमय हत्या प्रकरणको छानवीन गरी पीडितलाई न्याय दिलाई दिन सरोकारवालाहरुले अनुरोध गरेका छन् । उनीहरुले काठमाडौको अनामनगरमा रहेको संवाद डवलीमा पत्रकार सम्मेलन गर्दै सो आवाज उठाएका हुन् । पत्रकार सम्मेलनमा हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा विजयी छक्कबहादुर लामाले घटना रहस्यमय भएको बताउँदै छानविन गरी दोषिलाई कारवाहीको […]

चट्याङमा परी २२ सैनिक घाइते, ५ जना सिकिस्त

बैतडी, २ फागुन । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए । बानियाँले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, […]

बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का

काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]

वलिउड नायक अभिषेकको फेसबुक र इन्स्ट्राग्राम टर्किस साइबर आर्मीले गर्यो ह्याक

काठमाडौं, २९ माघ । अभिनेता अभिषेक बच्चनको फेसबुक र इन्स्ट्राग्राम एकाउन्ट पनि ह्याक भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही समयअघि अभिषेकको ट्विटर एकाउन्ट ह्याक भएको थियो । उनको ट्विटर एकाउन्ट आफूलाई टर्किस साइबर आर्मी भन्ने ह्याकरले ह्याक गरेको थियो । ह्याकरले अभिषेकको एकाउन्टबाट तुर्की सेना र योद्धाको पक्षमा ट्विट गर्ने गरेको थियो । […]