आठ महिनाभित्र भारतबाट बर्दिबाससम्म रेल आइपुग्ने, यस्तो छ तयारी

जनकपुरधाम, २४ माघ । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी […]

विवाह गर्न नमानेपछि बलात्कार मुद्दा

काठमाडौं, २४ माघ । विवाह गर्न वाचा तोडेपछि रौतहट विश्रामपुरका २९ वर्षीय अशोक गुप्ता बलात्कार तथा शरीर बन्धकको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् । गुप्ताले २२ वर्षीया युवतीसँग विवाह गर्ने वाचा तोडेका थिए । त्यस लगत्तै युवतीले गुप्ताविरुद्ध प्रहरी कार्यालयमा बलात्कार तथा शरीर बन्धकको जाहेरी दिएकी थिइन् । जाहेरीपछि गुप्तालाई प्रहरीले प्रक्राउ गरेको छ। उनी […]

स्कूलमै बिहे, स्कूलमै सम्वन्ध बिच्छेद

रोल्पा, २३ माघ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया […]

ल्याण्डमार्क होटलको बलात्कार काण्डका दुर्इ युवक यसरी परे हेटौडाबाट प्रहरीको फन्दामा

काठमाडौं, २२ माघ । दरबारमार्गको ल्याण्डमार्क होटलमा भएको भनिएको सामुहिक बलात्कार घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सन्देश बिसी र आवेश लामा रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शनिवार बिसी र लामालाई हेटौंडाबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । तर, महानगरीय प्रहरी परिसर काठमाडौंका […]

युद्धको मानसिकता त्याग्न अमेरिकालार्इ चीनको चेतावनी

काठमाडौं, २२ माघ । चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका […]

स्याङ्जाका खाम्चा मगर पुगे बेलायती सेनाको अहिलेसम्मकै उच्च ओहोदामा

काठमाडौं, २२ माघ । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि […]

बैंकिङ लगानी बढ्दै : ६ महिनामा बैंकहरुको लगानी १९ खर्ब ११ अर्ब

काठमाडौं, २२ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो […]

उपन्यास ‘नथिया’काे विमोचन

काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी । त्यतिवेला उमा बादी […]

सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

काठमाडाैं, २१ माघ । सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको […]

नेपालभाषमा चर्चित जन्मदिन गीत ”बूूदिंया भिंतुना” गीत प्रतियोगितामा १२१ को सहभागी

    माघ २० ,काठमाडौँ /नेपालभाषामा जन्मदिनको शव्द रचना रहेको “बूूदिंया भिंतुना म्ये गीत प्रतोयोगिता (Cover Song Competiton) मा फेसबुकको मध्यमबात प्रतियोगितामा सहभागी भएका गीत गएको माघ ८ गते सकिएको हो । यस प्रतोयोगितामा सहभागीका लागि अधिराज्य भरि देखि अमेरिका, क्यानाडा, नर्वे, मलेशिया लगायत विभिन्न स्थानबाट १२१ जनाको सहभागी रहेको थियो । नेपालभाषा पत्रिका ”पेज थ्री […]