नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक

काठमाडौं, ९ साउन । नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ । रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ । ह्याकरले रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक […]

१८ बर्षदेखि लाउडा काण्डको पौने २ अर्ब बेरुजु अझै सल्टिएन

काठमाडाै‌‌ । मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै २ महिना संसद अवरुद्ध पनि भयो । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको राजनीतिक इतिहासमै कालो धब्बा लगाउने यो प्रकरणले पर्यटनमन्त्री तारणीदत्त चटौतको राजनीति पनि झन्डै समाप्त पार्यो […]

११ वर्षपछि भक्तपुरमा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा

भक्तपुर, ७ साउन । जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बिस्केट जात्राका अवसरमा वैशाख २ गते मध्यपुरथिमिको बोडेमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राको सम्झना आउँछ । धेरैलाई मध्यपुरथिमिमा नै इन्द्र जात्राको भोलिपल्ट पनि जिब्रो छेड्ने जात्रा हुन्छ भन्ने जानकारी छैन । किनकी मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राले नियमितता नपाएको ११ वर्ष भइसकेको छ । […]

फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा

धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो

चितवन, ७ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा आज अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताउनुभयो । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो […]

चलचित्र छायांकनको गन्तव्य बन्दै चितवन

‘मुुग्लिन पारि तरेर गण्डकी लर्के जोवन दिऊँ कसलाई बन्धकी हातमा चुरा छ, हातमा चुरा छ है, चुरा छ है चुरा छ छिट्टै भेट है माया एउटा कुरा छ’ सलल बगेको नारायणी र वा दुर्लभ वन्यजन्तुको बासस्थान चितवन राष्ट्रिय निकुञ्जलगायतले चितवन चलचित्र छायांकनको गन्तव्य बन्दैछ । अग्ला पहाड, चुरे र तराईको समथर भूमि, विकसित शहर, सुकुम्वासी […]

सात वर्षपछि गुंला पर्व मनाइने

भक्तपुर, ७ साउन । सवा लाख चैत्य बनाइने धार्मिक पर्व गुंला धलं(गुंला पर्व) यहाँ मनाउने तयारी भएको छ । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गुंला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले परापूर्वकालदेखि मानन्धर समुदायले मनाउँदै आएको गुंला पर्व सात वर्ष बन्द भएकामा यस वर्ष गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् यही साउन ९ देखि आगामी भदौ […]

ओलाङचुङ्गोला हुँदै चीनसँग जोडियो नेपालको सडक सञ्जाल

ताप्लेजुङ, ७ साउन । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् […]

दलितलाई प्रेम गरेको भन्दै छोरी कुट्ने बाबुसहित ५ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

बुटवल, ७ साउन । छोरीले अन्तरजातीय प्रेम गरेको भन्दै कुटपिट गर्ने बाबुविरुद्ध मुद्दा दायर भएको छ । घटनामा संलग्न अरु चारविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ । रुपन्देहीको मर्चवारका इन्नर यादव, उनका परिवार र छिमेकीले मीना यादव नामक युवतीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि मात्र प्रहरीले […]

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबस धादिङमा दुर्घटना

धादिङ, ५ साउन । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । […]