कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा १३ वर्षीय बालकको मृत्यु, ८ जना गम्भीर घाइते

कञ्चनपुर, ८ भदाै । कञ्चनपुरमा प्रहरीकाे गाेली लागेर एक बालककाे मृत्यु भएकाे छ । विगत केहीदिनदेखि तनावग्रस्त कञ्चनपुरकाे सदरमुकाम महेन्द्रनगरमा अाजकाे झडपले झन ठूलाे रुप लिएकाे हाे ।

बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै उनका अाफन्तहरुले गरेकाे प्रदर्शनमाथि प्रहरीले अाज पनि हस्तक्षेप गरेपछि यस्ताे परिस्थिति अाएकाे हाे । यसअघि पनि प्रहरीकाे गाेली लागेर केही व्यक्ति घाइते समेत भएका थिए ।

प्रहरीकाे गाेली लागेर घाइते हुने कञ्चनपुरकाे भीमदत्तनगरपालिका भासीका १३ वर्षीय किशोर भट्ट रहेका छन् । साथै गोली लागेर अन्य २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा भीमदत्त नगरपालिकाकै युवराज भट्ट र मनोज खड्का रहेका छन् ।

करिव ८ राउण्ड भन्दा वढी फायर गरिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको हो ।

निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो । नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

Loading...