कञ्चनपुर सेलाउन नपाउँदै पोखरामा घट्यो अर्को दुखद घटना, १३ बर्षिया वालिकाको बिभत्स हत्या

काठमाडौँ ।

कञ्चनपुरमा निर्मला पन्तको हत्यापछि घटनाको छानबिन गर्न माग गर्दै स्थानियवासीले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा थप १ जनाले ज्यान गुमाई सकेका छन् । तर दोषी पत्ता लागेको छैन । मानसिक सन्तुलन गुमेका व्यक्तिलाई प्रहरीले दोषी करार गरेपछि स्थानीयहरुले आन्दोलन चर्काएका छन् ।

उक्त घटना सेलाउन नपाउदै यता पोखरामा अर्को हत्या काण्ड बाहिरिएको छ । पोखरा १९ लामौचारकी एक १३ बर्षिय बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका पुष्पा केसी मृत फेला परेकी हुन् ।

बिहिबार विद्यालयबाट घर फर्किदै गरेकी पुष्पा बाटोबाटै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे निश्चित ठाउँमा छाडेपछि उनी घर पुगिनन् ।

घर नपुग्दै तरकारी किनेर लानुछ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रबार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् । घटनास्थलमा उनले लगाएको स्कट खोलिएर एकापट्टी र चप्पल अर्कैपट्टि भेटिएको, भुईको झारपातहरु चिथोरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । घटनाको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शबलाई पोस्टमार्टमकि लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

 

Loading...