काठमाडौँ, ६ भदौ । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ। बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो। आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ। उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको […]
समाज
आज डोलेश्वरको चारैवटा ढोका खुल्ला
भक्तपुर । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरको आज चारै ढोका खुल्ला गरिएको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८, सिपाडोेलस्थित डोलेश्वर मन्दिरलाई भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भएको घोषणा गरेको दिनको अवसरमा आज मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा […]
निर्मला हत्या प्रकरणः कंचनपुर तनावग्रस्त, प्रहरीद्वारा ८ राउन्ड अश्रुग्याँस प्रहार
कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै स्थानीयले आन्दोलन गरेपछि तनाव सिर्जना भएको छ । प्रहरीले ‘नक्कली’ अभियुक्त सार्वजनिक गरेको विरोधमा स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि स्थानिले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएको भीड नियन्त्रण गर्न भन्दै प्रहरीले ८ राउन्ड अश्रुग्याँस […]
यी हुन बलात्कारपछि निर्मलाको विभत्स हत्या गर्ने दिलिप, दिए यस्तो बयान
काठमाडौं । प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको […]
कर्णालीमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल
काठमाडौँ, ५ भदाै । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज सञ्चालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ । शिक्षा मन्त्रालयले डा. गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन गरेको कार्यदलमा डा. केसीका प्रतिनिधि डा. जीवन क्षत्री र प्रा.डा. […]
अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले
धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]
पहिरो खस्दा गाउँलेहरु अचम्मै खुसी हुने नेपालकै अनौठो गाउँ
काठमाडाैं, ५ भदाै । हर रात सपनीमा ऐठन हुन्छ, सायद गाउँमा पहिरो गयो कि…. गायक दीप श्रेष्ठको यो गीतले धेरैको मन छुन्छ । गाउँबाहिर बसेकालाई आफ्नो गाउँघरमा आइपरेको बाढीपहिरोको विपत्तिले टाढैबाट पनि तर्साइरहन्छ । तर डोटीको आदर्श गाउँपालिका, गिरीचौकावासीका लागि यो अपवाद हो । यहाँका बासिन्दा गाउँमा पहिरो जाँदा दु:खी हुँदैनन्। बरु अचम्मैसँग खुसी हुन्छन्। […]
प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]
श्रीमती फकाउन छोराको अपहरण !
कैलाली । कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का […]
मोदी नेपाल आउनै लाग्दा भारतीय सेनाका हाकिम त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ
काठमाडौं । भारतीय सेना पटकपटक हतियारसहित नेपाल आउने कुरा नयाँ होइन । कहिलै सीमा क्षेत्रबाट कहिलै विमानस्थलबाट भारतीय सेनाका अधिकारीहरु हतियारसहित नेपाल आइरहेका छन् । बेला बेलामा उनीहरुलाई प्रहरीले पक्राउ पनि गर्दै आएको छ तर कुनै कारवाही नहुँदा उनीहरु विभिन्न प्रयोजनको लागि हतियारसहित नेपाल भित्रिदै आएका छन् । फेरि भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित […]











