फेरि अर्को यात्रुवाहक बस त्रिशुलीमा खस्यो

काठमाडाैं । धादिङकाे बन्छेटारमा एक यात्रुवाहक बस राजमार्गबाट त्रिशुली नदीमा खसेकाे छ । अाज आइतबार बिहान यात्रुबस धादिङकाे गजुरी गाउँपालिका–६ बन्छेटारमा त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार उक्त बस झापाकाे काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको थियाे । प्रारम्भिक विवरण अनुसार तीन जनाको मृत्यु भएको खबर अाएकाे छ । ईलाका प्रहरी कार्यालय गजुरीले दुर्घटनास्थलमा उद्धार कार्य […]

सर्लाहीमा स्कार्पियो जीपले लियो बाबुछोराकै ज्यान, चालक फरार

सर्लाही, ४ जेष्ठ । सर्लाहीको हरिपुर-४ हरैयामा स्कारपियो जीपको ठक्कर बाट एकै परिवारका बाबु र छोराको मृत्यु भएको छ । शनिवार साझ करिब पाँच बजेको समयमा नवलपुर मलंगवा सडक अन्तर्गत हरिपुर – ४ हरैयाचौक नजिक उक्त दुर्घटना भएको हो । नवलपुरबाट सर्लाहीको सदरमुकाम मलंगवातर्फ जाँदै गरेको बा १९च २५८८ नम्बरको स्कारपियो जीपको ठक्करबाट भैंसी चराउन […]

एमए अन्तिम वर्षका विद्यार्थीले मृत्युको रहस्य बुझ्न भन्दै गरे आत्महत्या

काठमाडाैं । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयकै पुस्तकालयमा आत्महत्या गरेका छन् । नवभारत टाइम्सका अनुसार ती छात्रको शव पुस्तकालयको एक कोठामा पंखामा पासो लगाएको अवस्थामा भेटिएको हो । आत्महत्या गर्नु पहिले ती छात्रले विश्वविद्यालयका एक प्राध्यापकलाई इमेल गरेर आत्महत्याका बारेमा बताएका थिए । आत्महत्यका लागि उनले ल्याण्डलाइन टेलिफोनको तार प्रयोग गरेका हुन् । […]

पूर्व–पश्चिम राजमार्गमा दुई बस ठोक्किएर भयानक दुर्घटना

हेटाैडा, ४ जेठ । पूर्व–पश्चिम राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा […]

कुकुरले जमिनमुनि गाडिएको शिशुलाइ जीवितै उद्धार गर्यो

काठमाडाैं । थाइल्यान्डमा एक कुकुरले जमिनमुनि गाडिएको नवजात शिशुलाई जीवितै उद्धार गरेको छ। प्रहरीका अनुसार १५ वर्षिया किशोरीले आफ्नो गर्भवस्था लुकाउन भर्खर जन्माएको छोरा फालेका थिए। किशोरीले शिशुलाई जमिनमुनि गाडेकी थिइन्। बान नङ खान गाउँमा पिङ पङ नाम गरेको कुकुरले जब शिशुलाई जमिनमुनि भएको थाहा पायो। उसले जमीन खोतल्यो। कुकुरले शिशु जिवितै देखेपछि आफ्ना मालिकलाई […]

यसरी मनाइदैछ २५६३ औं बुद्ध जयन्ती

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (शनिबार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० […]

प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संसद घेराउ गर्न बानेश्वर पुगे पत्रकारहरु

काठमाडौं, ३ जेठ । सरकारले ल्याएको मिडिया काउन्सील विधेयकका विरुद्ध पत्रकारहरुले संसद भवन घेर्ने कार्यक्रम अगाडि बढाएका छन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा संसद भवन घेराउ गर्न पुगेका पत्रकारहरुलाई प्रहरीले नयाँ बानेश्वर चोकभन्दा अगाडि नै रोकेपछि त्यही कोणसभा गरिएको छ । सरकारले प्रेसलाई नियन्त्रण गर्ने र कडा दण्ड सजाय दिने लगायतका प्रावधानहरु राखेर मिडिया काउन्सील […]

सिराहामा स्थानीयले विद्युतको पोलमा बाँधेर कुटेपछि सैनिक जवानको मृत्यु

सिराहा । सिरहामा स्थानीयकाे कुटपिटबाट एक सैनिक जवानको मृत्यु भएको छ। स्थानीयको कुटपिटबाट गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्षीय अनिसकुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो। नेपाली सेनामा सैनिक जवानको पदमा दरबन्दी रहेका उनी संखुवासभा पोष्टिङमा थिए। एक महिने घरविदामा आएका थिए। वैशाख २८ गते शनिवार राती कुटपिटबाट गम्भीर घाइते […]

उद्धार गर्दा गर्दै हेलिकप्टरमै मृत शिशुको जन्म

रुकुम, ३ जेठ । रुकुमकी एक महिलाले हेलिकप्टरमै मृत शिशुको जन्म दिएकी छन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी रुकुम पूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी मिलना मल्ललाई हेलिकप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै मृत बच्चा जन्मिएको र सुत्केरीको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जनाएको छ । अझै पनि सडक सञ्जालमा जोडिन नसकेको उक्त ठाउँकी २० वर्षीया मल्ल […]

अभिभावकको घरमा गएर सुन र नगद चोर्ने प्रधानाध्यापक

मेलम्ची, ३ जेठ । अभिभावकको घरमा गएर सुन र नगद चोरेको आरोपमा विद्यालयका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ खानीगाउँस्थित श्री भैरवीदेवी आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला जोशीले स्थानीय माया घलेको घरमा पसी मादक पदार्थ सेवन गरी दुई तोलाभन्दा बढी सुन र नगद रु तीन हजार चोरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय […]